प्रधानमन्त्रीको चिन भम्रण ः कर्णालीको अपेक्षा

हेमन्त केसी
सुर्खेत, २४ भदौ ः आशन्न हुन गइरहेको प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डको चिन भ्रमणबाट कर्णालीले भारी मात्रामा अपेक्षा गरेको पाइएको छ । चिनको सिमानासँग जोडिएको कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा विकास निर्माण देखि रणनीतिक महत्वका बिभिन्न ठुलो प्रोजेक्टमा चिनको लगानीका विषयमा समेत चासो देखिएको छ ।
सन् २००८ मा पहिलो पटक र प्रचण्ड सन् २०१७ मा चीन भ्रमणमा गए। प्रधानमन्त्री बन्दा चिनलाई आफ्नो विदेश भ्रमणको पहिलो गन्तव्य बनाएका प्रधानमन्त्री प्रचण्डले यस पटक सत्ता सम्हालेको पाँच महिनापछि नयाँ दिल्लीको भ्रमणको साइत जुराएका थिए । भारत भन्दा अघि नै चीनले बोआओ फोरममा सहभागी हुन भन्दै उनलाई पहिलो विदेश भ्रमणको निम्तो पठाएको थियो। नेपालमा राष्ट्रपति निर्वाचन लगायत आन्तरिक घटनाक्रमका कारण काठमाडौँ स्थित चिनियाँ राजदूतले नै उक्त भ्रमण सम्भव नदेखेको भन्दै अर्को उपयुक्त मितिमा आफ्नो देश भ्रमण गर्न सुझाएको दिल्ली जानुअघि उनले राष्ट्रिय सभामा बताएका थिए।
ढिला गरि हुन गइरहेको प्रधानमन्त्री प्रचण्डको चिन भ्रमणबाट गरिव प्रदेशको पगरी गुथेको कर्णालीले अपेक्षाका चाँङ संगालेर बसेको भन्दै प्रमुख प्रतिपक्ष दल तथा नेकपा एमालेका नेता यामलाल कडेलले प्रदेश स्थापना दिवसकै दिन प्रधानमन्त्रीको ध्यानाक्रमषण गराएका थिए । उसो त , कर्णाली प्रदेशको स्थापना दिवसमा सुर्खेत आएका प्रधानमन्त्रीले कर्णालीका धेरै मुद्धाहरु चिन भ्रमणको समय छलफल हुन गइरहेको सार्वजानिक रुपमै बताएका थिए । चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने कर्णालीको अपेक्षा छ । त्यस्तै भेरी करिडोर , कर्णाली करिडोर लगायतका ठूला सडक परियोजना संघीय सरकारको प्राथमिकतामा समेत चिन सरकारको लगानी होस भन्ने कर्णालीको आशा रहदै आएको छ ।
प्रदेशको मेरुदण्डका रुपमा रहेका कर्णाली, भेरी कोरिडोर, कर्णाली राजमार्ग, राप्ती लोकमार्ग लगायतका महत्वपूर्ण सडक निर्माण ध्यान जाने छ भन्ने अपेक्षा रहेको नेकपा (माओवादी केन्द्र) स्थायी कमिटिका सदस्य कालीबहादुर मल्लले बताए । उनले भने , ‘ कर्णालीका कच्ची र कमजोर सडकले दुर्घटनाको जोखिम बढेकोे तर्फ आफूले प्रधानमन्त्रीसँग धेरै पटक छलफल भएको छु । सडक पूर्वाधार विकासमा संघीय सरकारले विशेष जोड दिनुपर्ने हुन्छ । ‘बेरोजगारी र अभावले हजारौं युवा मुग्लान पसिरहेको अनुभूति पनि छ । उपचार नपाउँदा गर्भवतीको अकालमा ज्यान जाने गरेको भयावह स्थिति पनि अनुभूति छ । त्यसैले पनि कर्णालीको अभाव, गरिवी र भूगोलमा म बसेका नागरिकका बारेमा प्रधानमन्त्रीले चिनमा व्यापक कुरा उठाउने भरपर्दो समय रहेको छ । कर्णालीको विकास केन्द्रको प्राथामिकतामा छ, मेरो प्रथामिकतामा छ ।’ नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले भेरी करिडोर र कर्णाली करिडोरलाई प्राथमिकता दिन प्रधानमन्त्री प्रचण्डले आग्रह गरेका छन् । ‘भेरी र कर्णाली करिडोरलाई सरकारले राष्ट्रिय गौरवको आयोजना राखेर निर्माण गरिदिए पुग्छ’, उनले भने, ‘ सबै नेता यहाँ आउँदा कर्णाली तपाईंहरुको प्रथामिकतामा पर्छ होला तर सिंहदरबार पुगेपछि कर्णाली केन्द्रको प्राथामिकतामा पर्दैन ।’
कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही र जीवनबहादुर शाहीले पनि सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् । त्यस्तै हुम्लाको , मुगु र डोल्पाले चिनलाई छुने गर्दछन् । ५४ वटा गाउँपालिका र २५ वटा नगरपालिका रहेको कर्णालीमा ७९ वटा स्थानीय तह रहेका छन् । १९६२ मा तत्कालीन चिनियाँ विदेशमन्त्रीले भनेका थिए ‘कुनै देशले मूर्खतापूर्वक नेपालविरूद्ध धावा बोल्छ भने चीन चुप लागेर बस्दैन। चिनियाँ विदेशमन्त्रीको उक्त भनाइले चीन नेपालको सच्चा मित्र हो भन्ने पुष्टि गदै आएको छ । ’
चिनले नाँकाबन्दी गर्दा उपल्लो डोल्पाका सर्बसाधारणले सधै पीडा पोखिरहेका छन् । डोल्पोबुद्धका ग्याल्पो भोटेले तीन वर्ष अगाडी उपल्लो डोल्पा आउदा प्रधानमन्त्रीले सिमा नाँका खोल्ने विषयमा चिनसँग छलफल गर्छु भनि दिएको वचन यो पटक पुरा हुन्छ होला नि भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । सो समयमा प्रधानमन्त्रीले उपल्लो डोल्पाका सर्बसाधारणलाई सिमा क्षेत्रका बिना बर्दीका सिपाइको शंका दिएका थिए ।
कर्णालीको मुख्य कुरा भनेको धार्मिक पर्यटन पनि रहदै आएको छ । डोल्पाका प्रदेशसभा सदस्य शेरबहादुर बुढाले भेरी करिडोरलाई महत्व दिनुपर्ने माग गरेका छन् । १५ दिन हाट बजार (मेला) लाग्ने मरिम तिन्जे , क्याटो नाँका खोलेर सहजता ल्याउने वातावरण बनाइदिन आग्रह उनले गरे । उपल्लो डोल्पामा नुन,तेल र चामलकै समस्य रहेको छ उनले भने । त्यस्तै जाजरकोट र जुम्लाको बीचमा निर्माण हुन लागेको सुरुङ मार्गको कुरालाई पनि व्यापक रुपमा उठाउनु पर्ने माग बलियो रुपमा कर्णालीका जनसाधारणको भनाई छ । रारा तथा शे फोक्सुण्डो ताल लाई सडक पुर्वाधारसँग जोडेर पर्यटन विकास सँग जोडका लागि लगानी गर्ने विषयले पनि स्थान पाउनु पर्ने यस क्षेत्रका नागरिकले बताएका छन् ।





error: Content is protected !!