भीर बाट लडेर एक जनाको मृत्यु

जाजरकोट ः जाजरकोटमा भीर बाट लडेर एक जनाको मृत्यु भएको छ । भेरी नगरपालिका–११ का ६१ बर्षिय यज्ञ बहादुर शाहीको स्थानीय सानचौरको भीर बाट लडेर मृत्यु भएको वडाध्यक्ष लक्ष्मीप्रसाद जैसीले जानकारी दिए । उनका अनुसार मकैको सिली ढाक्ने मालुको पात टिप्ने क्रममा फेरा बजार नजिकै रहेको सानचौर भीर बाट लडेर ज्यान गएको हो । मंगलबार दिउँसो तिर शाही जंगल गएका थिए ।




सम्बन्धित समाचार


error: Content is protected !!