बलात्कारमा आरोपित रोकायलाई कारबाहीको माग

मोहन जंग शाही
जाजरकोट, भदौं १२ ः कुशे गाउँपालिका ८ की नाबालिकालाई बलात्कार गर्ने आरोपित अझैँ पक्राउ पर्न नसकेको भन्दै अधिकारकर्मीले जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको ध्यानाक्रर्षण गराएका छन् । गाउँपालिकाको वडा ८ कै ३० बर्षीय दीपक रोकायले नाबालिकालाई जवरजस्ती बलात्कार गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेको महिना दिन बितिसक्दा पनि आरोपित रोकाय पक्राउ पर्न सकेका छैनन् । शक्ति केन्द्रको आडमा उनलाई पक्राउ नगरिएको अधिकारकर्मीको आरोप छ । महिना दिन बित्दा पनि एक व्यक्तिलाई पक्राउ गर्न नसक्नुले सुरक्षा व्यवस्था माथी प्रश्न चिन्ह् खडा भएको अधिकारकर्मीको भनाई छ । मानव अधिकार रक्षक सञ्जालका राजेन्द्रविक्रम शाह, परिवर्तनका लागि यूवा अभियानकी सुप्रिया शाही , संञ्चारकर्मी तथा अभियान्ता कालीबहादुर नेपालीले संयूक्त रुपमा उक्त ध्यानाक्रर्षण पत्र आज बुझाएका हुन् ।











