सिंजा केदारनाथ बुदबुदी महोत्सव हुने

जुम्ला ः जुम्लाको सिंजामा ऐतिहासिक केदारनाथ मेला भव्य रुपमा मनाउने चलन छ । सिंजा गाउँपालिका वडा नम्बर ४ मा अवस्थित ऐतिहासिक केदारनाथ महोत्सवको उद्घाटन नेपाल सरकारका संस्कृति, पर्यटन मन्त्री सुदन किरातिले गर्नुहुनेछ ।
गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार हरेक वर्ष भदौ १० गतेका दिन लाग्ने उक्त मेला यस वर्ष प्रचारप्रसारको हिसावले पनि मेला आयोजना गरिएको छ । उहाँका अनुसार महोत्सव सफल पार्न पवित्र स्थल केदारनाथ बुदबुदीमा सिजा गाउँकार्यपालिकाको बैठक सम्पन्न भई तयारी भईरहेको छ ।
ऐतिहासिक तर लुकेको सो धार्मिक क्षेत्रको थप प्रचारप्रसार गर्न तथा राज्यको ध्यानाकर्षण गर्न गाउँपालिकाले वृहत महोत्सव गर्न थालेको हो । महोत्सव स्थलमा मन्त्री किराति सहित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्मा, जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरु, राजनैतीक दलहरु, जनप्रतिनिधिहरु, धार्मिक अगुवाहरु, जिल्ला स्थित सरोकार निकायहरु, तिर्थालुहरु, सञ्चार माध्यमको सहभागिता रहनेछ ।
एकादशीका दिनमा त्यहाँ वृहत धार्मिक मेला लाग्ने, अन्य साना मष्टाको थानको भारा सफा गर्ने, शुद्ध बनाउने, त्यहाँ नुहाएर अन्य गाउँका आ–आफ्ना थानमा जल लिएर जाने धार्मिक प्रचलन छ। कर्णाली मष्टोको मुहान समेत भएकाले केदारनाथ बुदबुदी जस्तै मष्टाका सयौं धार्मिक मेला एकादशीबाट सुरु हुने भएका धार्मिक अगुगा देवी प्रसाद सिम्खाडाले जानकारी दिनुभयो ।गोरखापत्र










