सुशासनका सवालमा अझ निर्मम हुन्छौँ ः प्रधानमन्त्री प्रचण्ड


सुर्खेत ः प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का‌ अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले सुशासनका सवालमा अझ निर्मम तरिकाले लाग्ने बताएका छन् ।

सोमबार सुर्खेतको वीरेन्द्रनगर‌मा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले जस्तोसुकै अवस्था सृजना भएपनि सुशासनका सवालमा पछि नहट्ने बताएका हुन् । जुनसुकै पार्टीको जुनसुकै रंग र अनुहारको भए पनि भ्रष्टलाई छाडिन्न, उनले भने, माओवादी भएपनि छाडिन्न‌  तीन महिने अभियानको‌ सन्दर्भमा उनले अनिवार्य रुपमा जिम्मेवारी तोकिएको ठाउँमा खटिन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।





error: Content is protected !!