हुम्लामा एक जनाको भिरबाट लडेर मुत्यु

हुम्ला — हुम्लाको ताँजाकोटमा भिरबाट लडेर एक जनाको मुत्यु भएको छ । घाँस काट्ने क्रममा भिरबाट लडेका ताँजाकोट गाउँपालिका–४ का २२ वर्षीय कर्ण ढकालको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
घाँस काट्न गएका ढकाल ताँजाकोट–४ को पुनलोटे भिरबाट सोमबार दिउँसो नै लडेको हुन सक्ने स्थानीयले बताएका छन् । बेलुका अबेरसम्म घर नआएपछि खोजी गर्दा भिरभन्दा तल मृत अवस्थामा भेटिएको स्थानीयले बताएका छन् ।
प्रहरीले भने घटनाका बारेमा अनुसन्धान गरिरहेको हुम्ला प्रहरी प्रमुख डीएसपी भीमलाल भट्टराईले बताए ।



