भेरी नदीमा बाढीको बहाव बढ्यो

सुर्खेत / भेरी नदीमा बाढीको बहाव बढेपछि अलर्ट जारी गरिएको छ । रत्न राजमार्गको भेरी पुलमा रहेको बाढी मापनकाअनुसार नदीमा बहाव बढ्दो क्रममा रहेकाले आवश्यक सर्तकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अलर्ट जारी गरेको हो ।

अहिले भेरी नदीमा बाढीको बहाव ७.६९ मिटर पुगेपछि महाशाखाले चेतावनी जारी गरेको छ । भेरी नदीमा ७ मिटर बाढी आएमा चेतावनी र ८ मिटर पुगे खतरा मानिन्छ । अझै बाढीको बहाव बढिरहेकाले भेरी पुलदेखि तल्लो तटिय क्षेत्रका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ । भेरी नदीको तल्लो तटिय क्षेत्रहरुमा रानीघाट, पाग्म, चेपाङ्ग, तिखाकुना लगायतका वस्तीहरु रहेका छन् ।

स्थानीय प्रशासनले पालिकाहरुको समन्वयमा ति क्षेत्रका नागरिकहरुलाई सावधानी अपनाउन आग्रह गरेको छ । त्यस्तै जाजरकोटका प्रमुख सुरेश सुनारका अनुसार भेरी करिडोर भित्र बग्ने भेरी नदीको पानीको बहाव पनि बढेको छ । सबै सर्बसाधारणलाई सतर्क रहन आग्रह गरिएको प्रजिअ सुनारले बताए ।

 




सम्बन्धित समाचार


error: Content is protected !!