२४औँ अन्तर्राष्ट्रिय यूवा दिवस जाजरकोटमा भब्यताका साथ सम्पन्न

मोहन जङ्ग शाही
जाजरकोट ः जाजजरकोमा २४औँ अन्तर्राष्ट्रिय यूवा दिवस भब्यताका साथ सम्पन्न भएको छ । साउन २७ गते मनाईने अन्तर्राष्ट्रिय यूवा दिवसको अवसरमा जाजरकोटमा किशोरी संवाद र वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

नागरिक समाज जाजरकोटको मुख्य आयोजनामा जिल्लामा सञ्चालित विभिन्न सरकारी तथा गैर–सरकारी संस्थाहरुको सहयोगमा अन्तर्राष्ट्रिय यूवा दिवस मनाइएको हो , नागरिक समाज जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाहका अनुसार, साउन २६ गते भेरी नगरपालिका –०१ रिम्नामा रहेको भेरी त्रिवेणी माद्यामिक विद्यालयमा किशोरी र यूवा संवाद कार्यक्रम गरिएको थियो,। कार्यक्रममा पछिल्लो समय किशोरीहरुमा महिनावारी भएको वेला विद्यालय छुट्नु, विद्यालयहरु किशोरीमैत्री नहुनु, सरोकारवाला निकायहरुको कम ध्यान जानु लगायतका समस्या समाधानका लागि किशोरी तथा युवा र सरोकारवाला निकायहरु बीच अन्तर संवाद गरिएको संयोजक शाहले बताए ।

यस्तै, ‘स्थानीय शासन प्रक्रियामा यूवा सहभागिता’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता भएको थियो । साउन २७ गते भेरी नगरपालिका ३ त्रिभुवन माद्यामिक विद्यालयको सभाहलमा वक्तृत्वकला कार्यक्रम सञ्चालन भएको थियो । वक्तृत्वकला प्रतियोगितामा प्रथम पुरस्कार पाँच हजार, दृतिय पुरस्कार ४ हजार र तिन हजार तृतिय पुरस्कार रहेको थियो । त्यसै गरी प्रतियोगितामा सात जनाले भाग लिएका थिए, जसमध्य वक्तृत्वकला प्रतियोगितामा प्रथम लक्ष्मी बि.क , दृतिय प्रविन प्रकास रावत र तृतिय प्रमिता खत्रीले पुरुस्कार हात पारेका थिय । अन्तर्राष्ट्रिय यूवा दिवसलाई सफलता पूर्वक मनाउन सहयोग गर्ने विभिन्न निकायहरु लाई धन्यवाद समेत संयोजक शाहलेदिएका हुन ।




सम्बन्धित समाचार


error: Content is protected !!