सिमकोट विमानस्थलमा हवाई सेवा सुचारु

हुम्ला ः हवाई सेवा अवरुद्ध भएको चौथो दिनपछि सिमकोट विमानस्थलमा पुन हवाई सेवा सुचारु भएको छ । नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका एयर ट्राफिक कन्ट्रोलर मनोज डङ्गोलले हवाई सेवा अवरुद्ध भएको चौथो दिनमा सुचारु भएको बताउनुभयो ।

हवाई सेवा अवरुद्धपछि सीता एयरको जहाजले नेपालगञ्जबाट यात्रु र कार्गो सामान ढुवानी गरेको हो । उहाँले बिहानभरि सिमकोट विमानस्थल आसपास र इनरुटको मौसम खराब भएको कारण उडान नभए पनि बाह्र बजेर २६ मिनेटमा सीता एयरको डोनिएर जहाज अवतरण गर्न सफल भएको बताउनुभयो ।

साढे बाह्र बजेपछि भने नयाँ उडान तालिका साउन १४ गतेबाट लागु भएका कारण थप उडान भर्न नपाइएको हो । साढे बाह्र बजेपछि मौसम सुधार भएको भए पनि उडान भर्न नपाइने भएका कारण सीता एयरबाहेक अन्य तारा र समिट एयरले भने उडान भर्न पाएनन् । दैनिक १५ सम्म उडान हुने सिमकोट विमानस्थलमा नयाँ उडान तालिकाको कारण अब मौसममा सुधार आए यस्तै दैनिक एक दुई उडान हुने देखिएको छ ।

यसबाट नेपालगञ्ज, सुर्खेत र सिमकोटमा यात्रुहरुको चाप भने घटेको छैन ।

गोरखापत्र




सम्बन्धित समाचार


error: Content is protected !!