कर्णाली प्रदेश अस्पतालमा आयो एमआरआई मेसिन
सुर्खेत ः कर्णाली प्रदेश अस्पताल कालागाउँमा एमआरआई मेसिन आइपुगेको छ । २९ करोड ७१ लाखमा विशिष्ट क्षमताको मेसिन जर्मनीबाट सुर्खेत ल्याइएको हो । विगत १५ महिनाको लामो प्रयासपछि मेसिन ल्याउन सफल भएको अस्पतालका निर्देशक प्रा।डा डम्बर खड्काले बताए ।
६४ स्वतन्त्र च्यालन क्षमताको एमआरआई मेसिन उच्च गुणस्तर भएको उनको भनाइ छ ।
दैनिक ३५ देखि ४० जनालाई जाँच गर्न सकिने आर्टिफिसियल इन्टेलिजेन्ससहितको आवाजविहीन एमआरआई मेसिन आइपुगेका छ,उनले भने,नेपालकै सबैभन्दा बढी क्षमता भएको मेसिन ल्याएका छौं ।मेसिन स्थापना गर्न अलि समय लाग्छ । असोज महिनासम्म सञ्चालनमा ल्याउने तयारी गरेका छौं ।