कालीकोटमा मिनीट्रक दुर्घटना ः ११ जना घाइते

कालीकोट — पलाता गाउँपालिका–२ सैनमा बिहीबार बेलुका मिनीट्रक दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरूलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ ।

पलाता–९ थिर्पूर्बाट धौलागोहको राडुनेटातर्फ जाँदै गरेको कर्णाली प्रदेश क ०१६२ नम्बरको मिनीट्रक बालुवा लिएर जाने क्रममा सैनको उकालोको मोडमा दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख जयश्वर रिमालले बताए । रिमालका अनुसार दुर्घटनामा अधिकांश महिला र बालबालिका घाइते भएका छन् ।

५ बालबालिकासहित ९ जना महिला घाइते छन् भने २ पुरुष छन् । थिर्पूर्को तिबगाडबाट बालुवा लिएर जाँदै गरेको टकमा १६ जना स्थानीय चढेका थिए । रिफर गरिएका घाइतेलाई पलाता गाउँपालिकाले खर्च बेर्होने गरी हेलिकोप्टरका लागि पहल भइरहेको अध्यक्ष विष्णु रोकायाले बताए ।





error: Content is protected !!