बारेकोटमा सञ्चारसेवा अबरुद्ध

मोहन जंग शाही
जाजरकोट ः बारेकोट गाउँपालिका ५ रतनकोटमा रहेको टावरमा समस्य आएपछि बारेकोट गाउँपालिका भरी सञ्चार सेवा अवरुद्ध भएको छ । दुइ दिन देखि यहाँका सर्बसाधाणले आफन्तसँग सम्पर्क गर्न नपाएको बीरेन्द्र एश्वर्य माविका प्रधानाध्यापक गोखरबहादुर सिंहले जानकारी दिए । यत्ता नेपाल टेलिकम जाजरकोटले मछाइनामा समस्य आएकोले मर्मत भएको तर बारेकोटमा पनि समस्य देखिएकाले त्यस तर्फ प्राविद्यिक परिचालन गरिएको बताएको छ ।



