भरुवा बन्दुकसहित एक पक्राउ

वीरेन्द्रनगर — सुर्खेतमा भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका – १४ राम्चेका ४० वर्षका गोविन्द दर्लामी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ५ जनाको प्रहरी टोलीले दर्लामीको घरबाट १ नाल भरुवा बन्दुक फेला पारी उनलाई नियन्त्रणमा लिएको हो । उनलाई थप अनुसन्धान गर्नको लागि प्रहरी कार्यालय सुर्खेतमा राखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।



