भीरबाट खसेको ढुङ्गा लागेर एकको मृत्यु

हुम्ला साउन ः सिमकोट गाउँपालिका-७ को चौगानफयाबाट च्याछरा पुग्ने सडकको माथिबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौगानफया गाउँका करिब ३६ वर्षीय बाग्मल शाही रहेको प्रहरी नायब उपरिक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।
मृतक शाही आफ्नै दाइ राजेन्द्र शाहीसँग चीनको ताक्लाकोटतर्फ जाने क्रममा ढुङ्गा लागेको उहाँले बताउनुभयो ।
यस्तै, जिल्लाबाट घटनास्थलतर्फ प्रहरी निरीक्षकको नेतृत्वमा एक प्रहरीको टोली पठाइएको प्रहरीले जनाएको छ । हिल्सा नाका सञ्चालनमा आएसँगै हुम्लावासी कामको लागि दैनिक चीनको ताक्लाकोट जाने गर्छन् ।



