कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

काठमाडौँ ः राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खडकाले सम्हाल्ने गरी तोकेकी छिन् ।
प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कालाई दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी कार्यबाहक तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाइटेड नेशन्स फुड सिस्टम-२०२३ स्टकिङ मोमेन्ट’ मा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेकाले खड्कालाई कार्यवाहक प्रधानमन्त्री तोकिएको हो ।



