पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

काठमाडौँ — निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शाहलाई काठमाडौंबाट मंगलबार पक्राउ गरेको हो । ब्यूरो प्रमुख एआईजी किरण बज्रचार्यले अनुसन्धानका क्रममा शाहलाई नियन्त्रणमा लिइएको बताइन् ।

शाह सरकारी सेवामा रहँदा शक्तिको दुरुपयोग गरी ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने काममा संलग्न रहेको अनुसन्धानबाट खुलेपछि पक्राउ परेको प्रहरीले जनाएको छ ।

सोही प्रकरणमा शाहसहित हालसम्म मंगलबार सात जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ, पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव भुपेन्द्रमणि केसी, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, गोपाल कार्की छन् ।





error: Content is protected !!