नलगाडले ८ असारमै बजेट ल्याउदै

जाजरकोट ः नलगाड नगरपालिकाले असार ८ गते बजेट ल्याउने भएको छ । असार १० गते बजेट ल्याउने संबैधानिक व्यवस्था भएपनि दुइ दिन अघि नै नलगाडले बजेट ल्याउन लागेको हो । बजेट सम्वन्धी सबै कुराहरु पुरा भइसकेकाले भोली अर्थात असार ८ गते नै बजेट ल्याउन लागेको उपसचिव मानबहादु्र गिरीले बताए । अन्य ६ पालिकाले भने बजेट कहिले ल्याउछन् जानकारी आउन सकेको छैन । बजेट ल्याउने दिनमा सबै सरोकारवाला निकायलाई आमन्त्रण गरिएको उनले बताए ।





error: Content is protected !!