अमेरिकासँग भिड्दै नेपाल, जित्नैपर्ने दबाब

विश्वकप छनोटअन्तर्गत दोस्रो खेल नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । जिम्बाब्बेमा आइतबारदेखि सुरु भएको विश्वकप छनोटमा आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो । अमेरिका र नेपालबीचको खेल जिम्बाब्बेको तकाशिंगा स्पोर्ट्स क्लबको मैदानमा नेपाली समयअनुसार दिउँसो १२ः४५ बजे सुरु हुनेछ । नेपाल र अमेरिका दुवै टिम आ(आफ्नो पहिलो खेलमा पराजित भएका राष्ट्र हुन् । नेपाल आफ्नो पहिलो खेलमा जिम्बाब्बेसँग आठ विकेटले पराजित भएको थियो । यता, अमेरिका वेष्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।

आफ्नो पहिलो खेलमा नै पराजित भएको नेपाल दोस्रो खेलमा भने जित सुनिश्चित गर्ने लक्ष्यमा हुनेछ । समूह ‘ए’ कै सबैभन्दा कमजोर मानिएको अमेरिकाविरुद्ध नेपाल जित निकाल्नैपर्ने दबाबमा छ । विश्वकप छनोटको सुपर सिक्समा पुग्ने नेपालको लक्ष्य छ ।

अमेरिकालाई पराजित गर्न नेपालले ब्याटिङ मात्रै होइन, बलिङमा पनि सुधार गर्नुपर्ने हुन्छ । जिम्बाब्बेविरुद्ध २९० रन बनाएको नेपालले बलिङमा भने राम्रो गर्न सकेन । त्यही गल्ती अमेरिकाविरुद्ध पनि दोहोरिने हो भने नेपालले खेल अमेरिकाविरुद्ध हार्न पनि सक्छ ।

सन्दीप लामिछाने १० ओभर बलिङ गर्दा जिम्बाब्बेविरुद्ध सर्वाधिक ७७ रन खर्चिए । यो उनको अहिलेसम्मकै खराब प्रदर्शन हो । यसअघि ओडीआईमा उनले लगातार ३३ इनिङ्ससम्म विकेट लिएका थिए । सोमपाल कामी ५।३ ओभर बलिङ गर्दा जिम्बाब्बेविरुद्ध घाइते हुन पुगे । तर, उनी अमेरिकाविरुद्ध भने खेल्ने छन् ।

अमेरिकासँग भिड्दै नेपाल, जित्नैपर्ने दबाबकरण केसी, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आरिफ शेख सबै बलरले अमेरिकालाई सस्तैमा समेट्न किफायती बलिङ गर्न आवश्ययक छ । यता, अमेरिकाका स्टेभन टायलोर, सुशान्त मोदनी, कप्तान मोनांक पटेल, आरोन जोन्स, गजानन्द सिंह जस्ता ब्याटरलाई सस्तैमा समेट्न नेपालको मुख्य लक्ष्य हुनेछ । यता, नेपालका ब्याटर कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कप्तान रोहितकुमार पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरीले खुलेर ब्याट चलाउनुपर्ने देखिन्छ ।

पछिल्लो पाँच खेलमा यस्तो छ नतिजा पछिल्लो पाँच खेलमध्ये नेपालले दुई खेल जित्दा अमेरिकाविरुद्ध दुई खेल हारेको छ । त्यस्तै, एक खेल भने नेपाल र अमेरिकाले बराबरी खेलेका छन् । आईसीसी क्रिकेट विश्वकप लिग(२ अन्तर्गत नै नेपाल र अमेरिकाले पछिल्ला पाँच खेलमा प्रतिस्पर्धा गरेका छन् । सन् २०२० मा त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई आठ विकेटले पराजित गरेको छ ।

सन् २०२१ मा ओमानमा भएको खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । यसपछि भने नेपालले अमेरिकालाई हराउन सकेको छैन । सन् २०२१ मै ओमानमा भएको खेलमा अमेरिकासँग नेपाल ६ विकेटले पराजित भएको थियो । २०२२ मा घरेलु टिम अमेरिकासँग नेपालले बराबरी खेल्दै अंक बाँडेको थियो । त्यसपछि अर्को खेलमा घरेलु टिम अमेरिकाविरुद्ध नै नेपाल ३९ रनले पराजित भएको थियो ।

अमेरिकाविरुद्ध नेपालको सम्भावित प्लेइङ इलाभेन

कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहितकुमार पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने ।





error: Content is protected !!