अटो आन्दोलनलाई नियन्त्रणमा लिन तीन राउण्ड अश्रू ग्यास प्रहार

सुर्खेत ः सुर्खेत ः कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा अटो चालकहरुको आन्दोलनलाई नियन्त्रण लिन प्रहरीले तीन राउण्ड अश्रू ग्यास प्रहार गरेको छ। आन्दोलन नियन्त्रणमा नआएपछि प्रहरीले बल प्रयोग गरेको बताएको छ । तर, अटो व्यवसायीहरूले आन्दोलन चर्काएपछि प्रहरीले तीन राउण्ड अश्रू ग्यास प्रहार गरेर आन्दोलनकारीलाई तितरबितर पारेको छ।








