समाजवादी मोर्चा घोषणा भोलि दिउँसो ३ बजे बाबुराम तत्काल सहभागी नहुने

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको चार दलको बैठकले सोमबार समाजवादी मोर्चा घोषणा गर्ने निर्णय गरेको हो ।
जसपा नेपालका नेता राजेन्द्र श्रेष्ठले समाजवादी मोर्चा घोषणाको कार्यक्रम भोलि दिउँसो ३ बजे राष्ट्रियसभा गृहमा गर्ने कार्यक्रम तय भएको बताए । समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सभागी हुनेछन् ।
समाजवादी मोर्चामा डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी भने तत्काल सहभागी हुनेछैन । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार नेसपाका अध्यक्ष भट्टराईसँग समाजवादी मोर्चाका विषयमा छलफल भइरहेको छ ।
छलफल सकारात्मक भए पनि भोलि नै भट्टराई नेतृत्वको नेसपा मोर्चामा सहभागी हुने सम्भावना भने कम छ । ुप्रधानमन्त्रीज्यूले पूर्वप्रधानमन्त्री भट्टराईसँग छलफल गरिरहनुभएको छ । उहाँलाई पनि मोर्चामा सहभागी गराउने प्रयास भइरहेको छ,ु प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ुसम्भव भएसम्म उहाँलाई मोर्चामा ल्याइनेछ ।
मोर्चाको नेतृत्व चारै दलका अध्यक्षहरूले आलोपालो गर्ने सहमति पनि भएको छ । नेता श्रेष्ठका अनुसार मोर्चाको संरचना आवश्यकताका आधारमा तल्लो तहसम्म बनाइनेछ ।
यसअघि ३१ जेठमा दाङमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा घोषणा अन्तिम चरणमा पुगेको बताएका थिए । प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ुसमाजवादी मोर्चा घोषणा छिट्टै गर्दैछौँ । मोर्चाको दस्तावेज तयार पनि भइसकेको छ । नेकपालाई बचाउन सकिएन । अब समाजवादी मोर्चा बनाएर कम्युनिष्टहरू एक ठाउँमा उभिन्छौँ ।ु
चार पार्टी मिलेर बन्ने समाजवादी मोर्चा तेस्रो निर्णायक शक्ति बन्ने पक्का भएको छ । मोर्चामा सामेल हुने माओवादी केन्द्रका प्रतिनिधिसभामा ३२, जसपाको १२ र नेकपा एसको १० सिट छ ।



