स्थानीय तहका बेकामे सूचना प्रविधि अधिकृत
सुर्खेत ः सरकारी कार्यालयहरुका आ–आफ्नै वेवसाईटहरु छन् । ती वेवसाईटलाई व्यवस्थित गर्न ‘सरकारी कार्यालयको वेवसाईट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका २०७८ कार्यान्वयनमा छ । सो निर्देशिका बमोजिम एकिकृत रुपमा सरकारी कार्यालयहरुको वेवसाईट प्रविष्ट गर्ने शैली एउटै हुन्छ । त्यसमा प्रकाशन हुने कतिपय विषयवस्तु अनिवार्य गरिएको छ । तर धेरैजसो सरकारी कार्यालयले भने यसलाई कार्यान्वयन गरेको देखिदैन ।
कर्णालीका स्थानीय तहहरुमध्ये केही प्रतिनिधीमूलक स्थानीय तहका वेवसाईटलाई हामीले अध्ययन ग¥यौं । यस क्रममा सामान्यतयाः राखिनुपर्ने अभिलेख पनि नराखिएको पाइयो । यस्ता सामान्य कामहरु समयानुकुल अपडेट नहुँदा स्थानीय तहको कार्यशैलीप्रति प्रश्न उठाएको छ ।
सूचना प्रविधिसँग सम्बन्धित काम गर्ने जिम्मेवारी सहित हरेक स्थानीय तहमा अधिकृत छैठौं तहको सूचना प्रविधि अधिकृतको व्यवस्था छ । त्यतिले मात्रै हुदैन भनेर नै होला पाँचौं तह कम्युटर अपरेटर र चौथो तह सहायक कम्प्युटर अपरेटरको समेत व्यवस्था छ । सूचना प्रविधिकै क्षेत्रमा कम्युटरको काम गर्ने यी कर्मचारीहरुले नतिजामुखी काम गरेको देखिएन ।
कार्यालयको कागजी फाइल ९ढड्डा०मा हुने कामलाई विद्युतीय माध्यमबाट सार्वजनिक तथा अभिलेख गर्न वेवसाईट सञ्चालनमा ल्याइएको हुनुपर्छ । यदि त्यसो हो भने समानुकुल अपडेट हुनुपर्ने थियो । अभिलेखहरु भेटिनु पथ्र्यो । सामान्य कुरा– कर्णालीका अधिकांश स्थानीय तहहरुले पूर्व जनप्रतिनिधिहरुको अभिलेख नै नराखेको पाइयो । कतिपयले वर्तमान जनप्रतिनिधीको विवरण नै राखेका छैनन् भने कतिपयले केहीमात्रै जनप्रतिनिधीको विवरण राखेका छन् । अध्ययनमा हेरिएकोमध्ये महाबु गाउँपालिकाले मात्रै पूर्व जनप्रतिनिधिको विवरणमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष राखेको पाइयो । तर, वडाका जनप्रतिनिधिको अभिलेख राखिएको छैन ।
दैलेखको दुल्लू नगरपालिकाका जनप्रनिधिहरुको विवरण वेवसाईटमा छैन । त्यसमा नगरप्रमुख र उपप्रमुखको मात्रै फोटो सहितको विवरण छ । तर, जनप्रतिनिधि लेखिएको ‘क्याटगरी’भित्र पेज खाली छ । यसमा वडाअध्यक्ष, वडाका सदस्य, कार्यपालिका सदस्यहरुको विवरण पनि छैन । वडाको प्रोफाईल राखिएको छ तर, वडाका जनप्रतिनिधिको विवरण छैन । दुल्लूमा प्रकाश रेग्मी सूचना प्रविधि अधिकृत छन् ।
जाजरकोटको जुनीचाँदे गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधिहरु कसैको केहीपनि विवरण वेवसाईटमा छैन । उनिहरुको विवरण थाहा पाउन कार्यालयमै पुग्नैपर्ने देखिन्छ । टेलिफोन सम्पर्क गर्न चाहेमा कार्यालयको नम्बर समेत राखिएको छैन । जुनीचाँदेका सूचना प्रविधि अधिकृत को होलान रु नाम पनि थाहा पाइएन किनकी वेवसाईटमै राखिएको छैन । सोध्नलाई फोन पनि छैन ।
मुगुको छायाँनाथ रारा नगरपालिकाको १ नम्बर वडामा २ जना वडाअध्यक्ष छन् । वेवसाईटमा राखिएको विवरण अनुसार त्यहाँका लोकबहादुर हितान र पदम मल्ल वडाअध्यक्ष हुन् । संविधानले दुई जना वडाअध्यक्षको परिकल्पना गरेको छैन । कार्यसम्पादनमा कुन वडाअध्यक्षले काम गर्छन् उनैका सूचना प्रविधि अधिकारीले भनिदेउन् । छायाँनाथमा तिर्थराज शाही सूचना तथा सञ्चार प्रविधि अधिकृत छन् ।
वेवसाईटमा प्रविष्ट विवरण अनुसार सुर्खेतको चौकुने गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र २ जना वडाअध्यक्ष मात्रै जनप्रतिनिधि छन् । तर, १० वडा रहेको यो पालिकामा १ नं. वडाअध्यक्ष जिरकबहादुर बडुवाल र मायाराम जैसीको मात्रै विवरण छ । चौकुनेमा विमल बुढाक्षेत्री सूचना तथा संचार प्रबिधि अधिकृत छन् ।
दैलेखको आठबीस नगरपालिकाका जनप्रतिनिधिहरुमा कार्यपालिका सदस्य र वडा सदस्यहरुको विवरण नै छैन । ‘वडा कार्यालयहरु’ भनेर राखिएको ‘क्याटोगरी’मा ३, ८ र ९ को विवरण भनिएको छ तर, पेज खाली छ । आठबीसमा शेरबहादुर सिजापति सूचना तथा संचार प्रविधि अधिकृत छन् । साथै, दैलेखकै चामुण्डा बिन्द्रासैनी नगरपालिकामा पनि वडा सदस्य र अरुको विवरण छैन भने सुर्खेतको चिंगाड गाउँपालिकामा पनि वडा सदस्य र कार्यपालिका सदस्यहरुको विवरण छैन । चामुण्डाबिन्द्रासैनीमा मनोज लम्साल सूचना तथा संचार प्रविधि अधिकृत छन् भने चिंगाडमा टोपबहादुर राना सूचना प्रविधि अधिकृत छन् ।
दैलेखको नारायण नगरपालिका जनप्रतिनिधिको मर्यादाक्रम र शुद्धाशुद्धी पनि ख्याल नगरी नगरप्रमुख लोमनकुमार शर्मालाई अंग्रेजीमा लेख्दा ‘डेपुटी मेयर’ उल्लेख गरिएको थियो । नगर प्रमुख शर्मादेखि माथि उपप्रमुख तप्ता थापालाई राखिएको थियो । तर, सञ्चारमाध्यममा समाचार आएपछि सुधार भएको पाइएको छ ।