कर्णाली बजेटबारे निजी क्षेत्रको धारणा केछ ?

सुर्खेत ः कर्णाली प्रदेशको सार्वजनिक बजेट तथा कार्यक्रमले शीथिल अर्थतन्त्रलाई टेवा नपुग्ने विश्वास गरिएको छ । बजेट तथा कार्यक्रमबारे प्रतिक्रिया दिदै नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले बजार अर्थतन्त्र कमजोर भैरहेको बेला बजेटमा सहुलियत दिने किसिमका कार्यक्रम नसमेटिएको बताए ।
चालु आर्थिक वर्षमै बजेट कार्यान्वयनको पक्ष कमजोर रहेको भन्दै उनले आगामी आर्थिक वर्षका लागि ल्याईएको बजेट लक्ष्य अनुसार कार्यान्वयन नहुने बताए । बजेट कार्यान्वयन पक्ष निकै कमजोर छ । जसले गर्दा बजार अर्थतन्त्र समेत चलायमान हुने सकिरहेको छ । उनले भने शीथिल अर्थतन्त्र भएको बेला बजेटको मात्रामात्रै बढाएर राजश्व प्रतिफल प्राप्त हुने संकेत देखिदैन ।
बजेटमा नीजि क्षेत्रको लगानी आकर्षण गर्ने औद्योगिकीकरणका लागि सहुलियत दिने किसिमका योजना समेटिएको उनले बताए ।
दश हजारलाई रोजगारी दिने भनिएको छ । औद्योगिकीकरण नबनाई रोजगारी सिर्जना हुनसक्दैन । शाहीले भने, ‘प्रादेशिक स्तरको उद्योग स्थापना गर्ने । कृषि र पर्यटनबाट व्यावसायीकरण गर्ने तथा पूर्वाधार निर्माण कुरामा बजेट केन्द्रीत भएको देखिएन ।
साथै, कर्णालीको विकासका लागि बन्नुपर्ने सुर्खेत विमानस्थल स्तरोन्नतीको ठोस योजना नआएको बताए । सुर्खेत विमानस्तल विस्तारको ठोस् योजना छैन । रामघाट विमानस्थल बनाउने तिर अनावश्यक समय खर्चिएको देखिन्छ । त्यसले हाम्रो अर्थतन्त्रलाई टेवा पुग्न सक्दैन ।



