उर्जामा ब्रेक थ्रुर गर्नेछौंः उर्जामन्त्री

काठमाडौँ ः उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उर्जा क्षेत्रमा अब ब्रेक थ्रुर गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । इप्पानको २१औं साधारणसभाको उदघाटनमा बोल्दै मन्त्री बस्नेतले उर्जा क्षेत्रको विकासमा ब्रेक थ्रुर हुने प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले व्यापार सुनिश्चित गरिने र सेवा प्रभावकारी बनाइने बताएका छन् । उनका अनुसार केही दिनमा नै विद्युत् विधेयक संसदमा पुर्‍याइनेछ । बस्नेतले नीजि क्षेत्रलाई पनि विद्युत व्यापारमा साथ लिएर अगाडि बढ्ने बताए । “आगामी १० वर्षमा १० हजार मेगावाट भारत निर्यात गर्ने सहमति भएको छ, अरु २० हजार मेगावटको पनि व्यापार गर्ने गरी जलविदुत आयोजना निर्माण गर्ने छौं,” उनले भने, “भारत र बंगालादेश मात्रै होइन सम्भव भएसम्म अन्य देशमा पनि विद्युत् व्यापार गर्ने छौं, हामी अरु १५ हजार व्यापार गर्ने छौं ।”

उनले मुलुकको खपतक्षमता वृद्धि गर्ने, यसका लागि आन्तरिक क्षमता बढाउने, उर्जा खपत सम्बन्धि गुरुयोजना बनाएर कार्यनवयनमा जानुपर्ने बताए । “विद्युत् व्यापारको स्पष्ट खाकासहित कार्यान्वयनमा जाने छौं, यसका लागि अन्य थप पूर्वाधार निर्माणको कार्य अगाडि बढाउने छौं,”मन्त्री बस्नेतले भने, “अझै वितरण प्रणालीलाई स्र्माट बनाउने छौं, लगानी मैत्री वातावरण तय गर्ने तथा सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउनुपर्छ ।”

विद्युत् उत्पादन, व्यापार, खपत र व्यापार सम्बन्धि लक्ष्य हासिल गर्नका लागि हातेमलो गर्न आवश्यक रहेको भन्दै बस्नेतले विद्युत् क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारले तदारुकताका साथ पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।





error: Content is protected !!