आइसीयुमा उपचारत छोरीका लागि बावुले मागे आर्थिक सहयोग

जाजरकोट ः जाजरकोट भेरी नगरपालिका ७ पुन्माका वीरबल कामीकी १४ वर्षीया छोरी कमला विकको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । यद्यपी,उपचारमा दिनहुँ हजारौं रुपैया खर्च हुन थालेपछि वीरबल निकै तनाबमा छन् ।कमललाई गत जेठ ८ गते एक्कासी पेट दुख्न थालेपछि उपचारका लागि मेसिन अस्पताल चौरजहारी लगिएको थियो । चौरजहारीले आन्द्रामा समस्या देखिएको भन्दै सुविधा सम्पन्न अस्पताल लैजान रेफर गरिदिएको थियो । रेफर पछि कोहलपुर लगिएकी उनको आइसीयुमा राखेर उपचार भइरहेको छ ।

दैनिक ४० हजार रुपैयाँसम्म खर्च हुन्छ । विकले भने,‘घरबाट आउँदा साहुबाट ऋण काढेर ल्याएको केही रकम थियो सबै सकियो । अहिले म सँग एक सुको पैसा छैन । अहिले मलाई न साहुले ऋण पत्याउँछन् । अब थप उपचार कसरी गरुँ ।’

सम्पतीको नाममा वीरबलको सानो एउटा पाखोवारी छ । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका उनी जवान हुन थालेकी छोरीको उपचारमा लाखौं रकम खर्च हुने भएपछि निकै चिन्तामा परेका छन् । साहुले पत्याउने भए ऋण काढेर पनि छोरीको उपचार गर्थे तर धेरै ठाउँ हारगुहार गरे कसैले पत्याएनन् । म अब के गरुँ छोरीको उपचार कसरी गरुँ, उनले दुखित हुँदै भने, ‘कसैले सहयोग गरिदिए मेरी छोरीको ज्यान बच्ने थियो म उसलाई बचाउन चाहन्छु ।





error: Content is protected !!