ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका लागि ८७ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन


सरकारले उर्जा मन्त्रालयको बजेट चालु आर्थिक वर्षको भन्दा २१ अर्ब रुपैयाँले कम विनियोजन गरेको छ । अर्थमन्त्री महतले सरकारले एक वर्षमा ९ सय मेघावाट विद्युत उत्पादन गरिने बताए । उनले आगामी दुई वर्षभित्र शतप्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुर्याउने बताए । उनले राष्ट्रिय प्रशारण लाइन नपुगेका दुर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत र सौर्य तथा वायु जस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिने बताए ।
उनले एक वर्षभित्र नौ सय मेघावाट विद्युत राष्ट्रिय प्रशारणमा थप गरिने बताए । उनले आयातित इन्धनको परिमाणलाई उल्लेख्य रूपमा घटाउने गरी प्रतिव्यक्ति विद्युत खपत वृद्धि गरी ४ सय ५० किलोवाट घण्टा पुर्याइने बताए । उनले नेपाल विद्युत प्राधिकरणबाट प्रवर्द्धित १ सय ११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोशी, ४२/५ मेगावाटको सान्जेन तथा निजी लगानीकर्ताबाट प्रवर्द्धित जलविद्युत र सोलार आयोजना सम्पन्न १ गरी आगामी आर्थिक वर्षमा करिव ९ सय मेगावाट विद्युत राष्ट्रिय प्रशारण प्रणालीमा थप गरिने बताए ।
उनले रणनीतिक महत्व रहेको पश्चिम सेती जलविद्युत परियोजना, सेती रिभर ६, तल्लो अरुण लगायतका जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता गरी निर्माण कार्य अघि बढाइ बताए ।



