बेलिब्रिज पुल भाँचिँदा भारतीय मजदुरको मृत्यु

जाजरकोट ः भेरी करिडोरअन्तर्गत जाजरकोट नलगाड नगरपालिका १२ र रुकुम पश्चिम आठबीसकोटको अनाह बीचमा रहेको भेरी नदीमा निर्माणाधीन बेलिब्रिज पुल भाँचिँदा दुईजना भारतीय मजदुरको मृत्यु भएको छ। पुलमा काम गर्दा गर्दै पुल भाँचिएको थियो।

अन्य सातजना घाइते भएका छन्। मृत्यु हुनेहरूमा भारतको बराइज जिल्ला बधवापुरका ४० धर्मेन्द्र गौतम, ३५ प्ररुषत्तम गौतम रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

प्रहरीका अनुसार घाइते सातमध्ये दुई जनाको अवस्था गम्भीर छ। घटनामा परेका पाँचजना सामान्य घाइते रहेका छन्। सामान्य घाइते हुनेमा २४ वर्षीय निरजकुमार चौधरी, १८ वर्षीय सोनुकुमार गौतम, ५० वर्षीया महिकु गौतम, गोरखनाथ चनार घाइते भएका छन्।

प्रहरीका अनुसार उनीहरु सबै भारतीय नागरिक हुन्। यस्तै, २ जना बर्दिया गुलरिया नगरपालिका–१० बर्दियाका ३८ वर्षीय गोपाल हरिजङ्ग घाइते भएका छन्। घाइतेको उद्धारका लागि नेपाली सेनाको पश्चिम हेडक्वार हवाइ बेशबाट हेलिकोप्टर परिचालन गरिएको छ।
पुल निर्माणमा प्रयोग भएको क्रेन १८ टनको भएको बताएको छ ।





error: Content is protected !!