बेलिब्रिज भाँचिदा चार जनाको मृत्यु

हेमन्त केसी
सुर्खेत , ७ वैशाख ः भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका १२ तल्लु स्थित भेरी नदीमा निर्माण कार्य जारी रहेको बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु भएको छ ।

अन्य चार जना गम्भिर घाइते भइ उपचारका लागि राडी स्थित स्वास्थ्य संस्थामा पठाएको आठबीसकोट नगरपालिकाका पुर्व नगरप्रमुख गोरखबहादुर केसीले बताए । मृतकको ठेगाना खुलेको छैन । मृतक र घाइतेहरु सबै पुलमा काम गर्ने मजदुरहरु रहेको उनले बताए । जाजरकोट र रुकुम पश्चिमको बीचमा पर्ने उक्त पुल भेरी करिडोरले बनाइरहेको थियो ।





error: Content is protected !!