शे फोक्सुण्डोमा हिउँ चितुवाको संख्या नब्बे

हेमन्त केसी
सुर्खेत , ८ वैशाख ः शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज डोल्पामा हिउँ चितुवाको संख्या ९० पुगेको छ । क्यामरा ट्रयाप विधिबाट शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज तथा मध्यवती क्षेत्रमा गरिएको हिउँ चितुवाको गणना अनुसार ९० वटा रहेको राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक तथा प्रवक्ता अजय कार्कीले जानकारी दिए ।

प्रति १ एक सय बर्गकिलोमिटरमा २.२ हिउँ चितुवा संख्य जनघनत्वका साथ निकुन्जमा ९० हिउँ चितुवा रहेको उनले बताए । हिउँ चितुवा संरक्षणका लागि यहाँ रेडीयो कलार समेत जडान गरिएको छ । नेपाल सरकारको नेतृत्व र डब्लु डब्लु एफ नेपालको साझेदारीमा उक्त सर्वेक्षण गरिएको थियो । संरक्षण साझेदार डब्लु डब्लु एप नेपालको आर्थिक तथा प्राविद्यिक सहयोगमा निकुन्जले यो सर्वेक्षणको नेतृत्व गरेको थियो । निकुन्जमा हिउँ चितुवाबाट हुन सक्ने हाँनीलाई रोक्नका लागि बिभिन्न कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् । पशु विमा तथा आर्यआर्जनका कार्यक्रम समेत हुँदै आएका छन् ।

शे–फोक्सुण्डो नेपालको सवैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । यो निकुन्ज डोल्पा र मुगु जिल्लामा फैलिएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ । यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउर लगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् ।

यस निकुञ्जलाई डाँफे, मोनाल, चिर लगायत २०० प्रजाति पंक्षीहरू, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको छ । यहाँ पाइने हिउँ चितुवाको आहार–बिहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ । काञ्जिरोवा दक्षिण (६,८६६ मि.), सिकाल्पो खाङ (६,५५६ मि.), वेज चुचुरो (७,१३९ मि.) जस्ता हिमशिखरहरू र कतिपय हिमनदीहरूले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् ।

निकुञ्जको लगभग मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ । ११औं शताब्दीमा निर्मित शे गुम्बाको यही छ । गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । यो राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ ।





error: Content is protected !!