ठुलिभेरी मेयरकप प्रतियोगता विवादित ः सशस्त्र प्रहरीको लाठ्ठी चार्जवाट वडाध्यक्ष गम्भिर घाइते

हेमन्त केसी
सुर्खेत ः डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका – ३ सुउँका वडाध्यक्ष सशस्त्र प्रहरीको लठ्ठी चार्जवाट गम्भिर घाइते भएका छन् । ठूलिभेरी नगरपालिकाले आयोजना गरेको प्रथम मेयरकप प्रतियोगिता अन्तरगत चौथो दिनमा भएको फुटवल खेलमा खेलाडीहरु बीच भएको समान्य विवादलाई नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीले अन्धाधुन्ध प्रहार गरेको लाठ्ठीचार्जबाट ४३ वर्षीय वडाध्यक्ष भक्तबहादुर केसी घाइते भएका हुन ।

त्रिपुरासुन्दरी नगरपालिका ३ र जगदुल्ला गाउँपालिका २ बीचको फुटबल खेलमा भएको सामान्य विवादमा सशस्त्र प्रहरीले खेलमैदानमा जस्रीसंग रहेका खेलाडी र दर्शकहरुलाई समेत लखेटी लखेटी अन्धाधुन्ध लठ्ठी चार्ज गर्ने क्रममा वडाध्यक्ष घाइते हुन पुगेको प्रत्यक्षदर्शी नेपाल पत्रकार महासंघका अध्यक्ष सरोज थापाले बताए ।
सशस्त्र प्रहरी बलका प्रहरी नाउव उपरिक्षक फुजिले शेर्पाको कमाण्डमा रहेका सशस्त्रका जवानहरुले खेलाडी र दर्शकहरुलाई समेत लखेटीलखेटी लठ्ठी चार्ज गरी कुटपिट गरेका थिए ।सशस्त्रको लठ्ठीचार्जवाट वडाध्यक्ष केसीको टाउँकोमा गहिरो चोट लागेको र जिल्लास्थित अस्पतालमा उपचार भइरहेको छ ।
सशस्त्र प्रहरीले शान्तिसुरक्षाको नाममा उदण्ड मच्चयाएको प्रत्यक्षदर्शिहरुले बताएका छन ।वडाध्यक्ष सहित केहि खेलाडीहरु समेत घाइते भएपछि समस्या समाधान नभएसम्मको लागि फुटवल खेल स्थगित भएको छ ।

प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोख्ररेलको कार्यकक्षमा ठुलिभेरी नगरपालिकाका नगरप्रमुख सुवर्ण बुढा त्रिपुरासुन्दरी नगरपालिका नगरप्रमुख जनचन्द्र रोकाय, सशस्त्र प्रहरी बलका प्रहरी नाउव उपरिक्षक फुजिले शेर्पा , प्रहरी कार्यालयका प्रहरी नाउव उपरिक्षक केशव बुढाथोकी सम्बद्ध खेलाडी नागरिक समाज र संचारकर्मी सहितको उपस्थिती घटनाको बास्तविकता पहिचान गरी समस्या समाधानको पहल भइरहेको बैठकमा सहभागी ठुलिभेरीका नगरप्रमुख सुवर्ण बुढाले जानकारी दिए ।

यो वर्ष मात्र नभई विगतका वर्षहरुमा पनि सशस्त्र प्रहरीले अनावश्यक बल प्रयोग गरी नागरिकलाई कुटपिट गर्ने गरेकाले दिर्घकालिन समस्या समाधानको लागि ठोस निर्णय गर्नु पर्ने स्थानीय खेम बुढाले बताए ।





error: Content is protected !!