राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन जाजरकोटको अध्यक्षमा अमरजंग शाह

जाजरकोट ः नेकपा (माओवादी केन्द्र )निकट राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन जाजरकोटको अध्यक्षमा अमरजंग शाह निर्वाचित भएका छन् ।

शनिवार खलंगामा ‘जनताको स्वास्थ्य सुरक्षा हाम्रो प्रतिवद्धता, सम्पुर्ण प्रगतिशील स्वास्थ्यकर्मीको ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ भएको प्रथम जिल्ला अधिवेशन बाट शाह निर्वाचित भएका हुन् ।

यस्तै, उपाध्यक्षमा प्रेम प्रसाद न्यौपाने, मोहन खड्का, सचिव योज्ञेश्वर बस्नेत, सह सचिव पदम रोकाय, कोषाध्यक्ष भवानी मल्ल, सदस्यहरुमा कालीबहादुर परियार, झरणा शाही, तप्त बहादुर चन्द, नरेन्द्र ध्यार, नेप्लिजा पुन, सदस्य भीमबहादुर शाही, सन्दीप बुढा मगर, सदस्य चन्द्र बहादुर पुन, सदस्य प्रकाश नेपाली सहित १५ सदस्सीय जिल्ला कमिटी निर्माण गरिएको छ ।





error: Content is protected !!