शैक्षिक अवस्था सुधार गर्न भौतिक संरचना निर्माण


हेमन्त केसी
जाजरकोट / कुशे गाउँपालिकाको शैक्षिक अवस्था सुधार गर्नका लागि यहाँ भौतिक संरचनामा जोड दिइएको छ । खानेपानी , शौचालय र विद्यालय भवन निर्माण गरी विद्यार्थीहरु पढ्ने वातावरण सिर्जना गरिएको हो ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग , पहाडी क्षेत्र विकास अभियानको सहयात्रा दोस्रो परियोजना र गाउँपालिकाको संयूक्त सहकार्यमा उक्त संरचना निर्माण गरिएको हो । बालबालिकाहरुलाई सुरक्षित वातावरणमा गुणस्तरिया शिक्षा दिनका लागि भौतिक संरचना निर्माणमा जोड दिइ निर्माण गरिएको अभियानका बरिष्ठ कार्यक्रम संयोजक रत्नबहादुर डाँगीले जानकारी दिए ।
सन् २०१९ बाट सुरु भएको उक्त परियोजनाले सन् २०२२ सम्मा नयाँ ५ वटा विद्यालयका भवन निर्माण गरेको उनले जानकारी दिए । निर्माण भएका विद्यालयहरुमा वडा नम्वर ३ मा २ वटा , वडा नम्वर ५ मा १ वटा र वडा नम्वर ६ मा २ वटा रहेका छन् । त्यस्तै उक्त परियोजनले विद्यालय मर्मत समेत गरेको बताएको छ । वडा नम्वर १ मा १ वटा , वडा नम्वर २ मा १ , वडा नम्वर ३ मा १ वटा , वडा नम्वर ४ मा ४ वटा , वडा नम्वर ५ मा २ वटा , वडा नम्वर ६ मा २ वटा र वडा नम्वर ८ मा २ वटा विद्यालय मर्मत गरी पढन योग्य बनाएको अभियानका शिक्षा संयोजक अरुण पाठकले जानकारी दिए ।
त्यस्तै पालिका भित्र व्यवस्थित , सुरक्षित र बालमैत्री शौचालय १७ वटा निर्माण गरिएको छ । वडा नम्वर २ मा १ , वडा नम्वर ३ मा १ वटा , वडा नम्वर ४ मा ३ वटा , वडा नम्वर ५ मा ४ वटा , वडा नम्वर ६ मा ३ वटा , वडा नम्वर ७ मा १ वडा नम्वर ८ मा ३ वटा र वडा नम्वर ९ मा १ वटा निर्माण भएको पाठकले बताए ।
त्यस्तै विद्यालयमा बालमैत्री धाराहरु समेत समेत निर्माण गरिएको छ । वडा नम्वर १ मा ३ वटा वडा नम्वर ३ मा २ वटा । वडा नम्वर ४ मा २ , वडा नम्वर ५ मा ५ वटा , वडा नम्वर ६ मा १ वटा , वडा नम्वर ७ मा ३ वटा , वडा नम्वर ८ मा २ वटा र वडा नम्वर ९ मा १ वटा बालमैत्री धारा निर्माण गरिएको छ ।
विद्यालयको भित्री भाग मर्मत तथा व्यवस्थापन समेत गरिएको छ । विद्यार्थी बस्न योग्य बनाउनका लागि मर्मत तथा भित्री भाग व्यवस्थापन गरिएको हो । वडा नम्वर १ मा १ वटा , वडा नम्वर ४ मा १ वटा , वडा नम्वर ६ मा १ वटा , वडा नम्वर ८ मा १ वटा र वडा नम्वर ९ मा २ वटा गरी जम्मा ६ वटा विद्यालयमा काम गरिएको छ ।










