कर्णाली प्रदेश प्रहरी प्रमुख ढकाल शान्ति सुरक्षा बुझन जिल्लाको अनुगमणमा

हेमन्त केसी
सुर्खेत , २२ माघ ः कर्णाली प्रदेश प्रहरी प्रमुख भीमप्रसाद ढकाल शान्ति सुरक्षाको अवस्था बुझन जिल्ला , जिल्लामा पुग्नुभएको छ । भर्खरै मात्र प्रदेश प्रहरी भएर आउनु भएका प्रहरी नायव महानिरीक्षक ढकालले माघ १२ गते जिल्ला प्रहरी कार्यालयको निरीक्षण गर्नुभएको थियो ।

१३ माघमा १० जिल्लाका प्रहरी प्रमुखसँग जिल्लाको शान्ति सुरक्षाको अवस्था बारे भिडियो मार्फत जानकारी लिनुभएका ढकालले माघ १५ गते नेपाल प्रहरी प्रदेश कार्यालय कर्णाली प्रदेश, सुर्खेत र तालिम केन्द्र (हाल नेपालगन्ज) बाँकेमा निरीक्षण गर्नुभएको थियो ।

माघ १६ गते नेपाल प्रहरी विषेश सुरक्षा गण, सुर्खेत (हाल नेपालगंज) बाँकेको निरीक्षण गर्नुभएको थियो । आइतबार स्थलगत रुपमा शान्ति सुरक्षाको अवस्था बुझन महानिरीक्षक ढकाल जाजरकोट पुग्नुभएको छ । यहाँले प्रदेशका सबै जिल्लामा पुगेको त्यहाँको अवस्था र नागरिकको अपेक्षा समेत बुझ्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

दरबन्दी अनुसारको प्रहरी कर्णाली प्रदेशमा नभएपनि भएको जनशक्तिले राम्रो काम गरेको समेत बताउनुभयो । जिल्लाको सुरक्षा समितिको बैठकमा समेत सहभागी भएर जिल्लाको समग्र सुरक्षा तथा भुगोलमा विषयमा समेत जानकारी लिनुभएको थियो ।





error: Content is protected !!