कर्णाली राजमार्गसँग जोडने पुल

मुगु खत्याड गाउँपालिका फागुनको पहिलो हप्ता कर्णाली करिडोर संग जोडिदै । सुकाढीकको झुगोलामा बेलिबृज निर्माणको काम अन्तिम चरणमा हुदै गर्दा खत्याड लगाएत सिङ्गो मुगु जिल्लामा खुसि छाएको छ । नाग्म गमगढी सडक भन्दा कर्णाली करिडोर संग सदरमुकाम गमगढी करिव ६५ किलोमिटर छोटो हुने सडक संग सम्बन्धित प्राविधिकहरूको तर्क छ । यतिमात्र होइन बेलिबृज बने पछि रारा हेर्ने पर्यटकलाई समेत छोटो र सहज हुनुका साथै सुदुर पश्चिम प्रदेश सहित खप्तड रारा पर्यटनमार्ग समेत बन्ने निश्चित देखिन्छ । -कबिराज कार्की मुगु










