नलगाड नगरपालिकाद्धारा गाउँमै सामाजिक सुरक्षा भत्ता वितरण

सञ्जय केसी
जाजरकोट ः जेष्ठ नागरिक तथा शारिरीक रुपमा अशक्तलाई बैंक सम्मा आएर भत्ता बुझन समस्य हुने भएपछि नलगाड नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बाँडन सुरु गरेको छ ।
नगरपालिका भित्रका सबै वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण थालिएको प्रमुख प्रशासकीय अधिकृत मानबहदुर गिरीले बताउनुभयो । अहिले पालिकाको प्रशासकीय केन्द्र दल्लीमा बैंक रहेक कारण टाढाको वडाबाट आउन जान मात्र दुइ दिन लाग्ने भएपछि वडाबाटै भत्त वितरणको काम गरिएको अधिकृत गिरीले जानकारी दिनुभयो । बैंकमा भत्ता लिन आउदा र जाँदा भाडा स्वारुप धेरै रुपमा खर्च हुने भएपछि गाउँ घरकै वडा कार्यालयबाट भत्ता बितरणको काम सुरु गरी सेवा प्रवाहमा सहजता ल्याइएको छ ।
नगपालिका भित्र १३ वटा वडा रहेका छन् । साविकका पाँच गाविस मिलाएर नगरपालिका बनाएको हो । प्रत्येक वडाहरुमा एक दिन लगाएर भत्ता वितरणको काम सुरु भएको छ । १३ दिन लगाएर सबै वडाहरुमा भत्ता वितरणको काम सुरु भएको हो । गाउँमै भत्ता पाएपछि आफूहरु खुसी भएको नलगाड नगरपालिका–८ का बले कामीले बताउनुभयो । कामी जस्तै सयौँ नागरिकहरु अहिले गाउँमै भत्ता पाउदा खुसी भएको बताएका छन् ।










