माओवादी र एमालले मन्त्रीको नाम टुंगाे लगाए

सुर्खेत ः कर्णाली प्रदेश सरकार आज विस्तार हुन लागेको छ । माओवादी र एमालले मन्त्रीको नाम टुंगो लगाएपछि आज बेलुकी ६ बजे सपथ हुन लागेको हो ।

नेकपा (माओवादी केन्द्र)बाट कृष्णबहादुर जिसी र भीमप्रकाश शर्मा मन्त्रीका लागि सिफारिस भएका छन्। बुधबार पार्टीले सुर्खेतका जिसी र सल्यानका शर्माको नाम मन्त्रीका लागि सिफारिस गरेको हो। जिसी सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (२)बाट र शर्मा सल्यान प्रदेश सभा (१)बाट निर्वाचित भएका थिए।

मुगुका मंगल शाहीलाई भौतिक पूर्वाधार उर्जा था जलस्रोत मन्त्रालय जिम्मेवारी दिइएको छ । त्यस्तै नेकपा एमालले दैलेखका विनोदकुमार शाह आर्थिक मामिला तथा योजना मन्त्रालय , जुम्लाका टेकराज पछाई सामाजिक विकास मन्त्रालय , जीतबहादुर मल्ललाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।





error: Content is protected !!