फोक्सुण्डोको स्वास्थ्य सेवालाई नयाँ जीवन दिने पारसको संर्घषको कथा

हेमन्त केसी
सामाजिक सञ्जाल मार्फत पारसबहादुर शाही करिव २ वर्ष अगाडी मेरो साथीको रुपमा थपिनुभयो । यहाँको काम गर्ने क्षेत्र उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा रहेको थियो । उपल्लो डोल्पामा काम गर्दै गरेको तस्बिरहरु सामाजिक सञ्जालमा समय ,समयमा जानकारी आएपछि उहाँलाई मैले साथी बन्न अनुरोध गरेको थिए । लामो समय सम्मा लाइक र कमेन्ट बाहेक अन्य कुनै औपचारिक उहाँसँग मेरो सम्वाद भएको थिएन ।

मलाई दुर्गममा काम गर्ने कर्मचारीको पीडा पटक पटक समाचार संकलन तथा औपचारिक छलफल गरेकै कारण खास बेथा थाहा थियो । तर उपल्लो डोल्पामा काम गर्ने स्वास्थ्यकर्मीसँग भने फोनमा कुराकानी बाहेक खास भित्री कुरा हुन सकेको थिएन । यही मेसोमा मसँग सामाजिक सञ्जाल मार्फत जोडिन पुग्नुभएका पारसलाई उपल्लो डोल्पामा काम गर्दाको सबै नालीबेली हामीलाई जानकारी गराउन आग्रह गरियो । उहाँले सो आग्रहलाई सहजै स्वीकार गर्दै शाहीले बताएको कुराको संक्षेपमा यहाँ प्रस्तुत गरिएको छ ।

पारसबहादुर शाही
पहिलो पटक ३ बर्ष अघि अर्थात २०६६ साल कात्तिक २२ गते फोक्सुण्डो स्वास्थ्य चौकीमा पुगेका पारसबहादुर शाही तापिरिचा माध्यमिक विद्यालय दुइ कोठो भवनको एउटा कोठामा सञ्चालनमा रहेको स्वास्थ्य चौकीमा पुग्नुभयो । सहर बजारको ठुला स्वास्थ्य संस्था देखेका शाही विद्यालयको एक कोठामा सञ्चालनमा रहेका स्वास्थ्य चौकी देख्दा छक्क परेका थिए । त्यहाँ शाही पुग्दा स्वास्थ्य चौकीमा कार्यरत पासाङ रोकाय सानो घरको भान्सा कोठामा काम गर्दै थिइन । पारस पनि सोही कोठामा रोकायसँग गएको सुनाए । कोठामा एउटा कुसीमा बसेकी रोकायलाई पारसले फोक्सुण्डो स्वास्थ्य चौकीको इन्चार्ज भएर आएको खवर सुनाएपछि कुसीमा बस्न आग्रह गरिएको थियो । कुसीमा पारस नबसी टेबुलमै बसेको सुनाए । रोकायले पारसलाई स्वास्थ्य संस्थाको विजोग अवस्था सुनाएपछि छक्क परेको बताए । रोकायले सुरुमै आवश्यक औषधि , कर्मचारी बस्ने कुर्सी र खाना बस्नको समस्य भएको भन्दै लामो कथा सुनाइन ।

कर्मचारीले आफू आएको वा नआएको जानकारी दिने हाजिरी सम्मा स्वास्थ्य संस्थामा नभएको कथा सुनेपछि अब केही गर्नुपर्ने भन्दै बिभिन्न कुरा मनमा खेलाएको बताए । शाहीले वडाध्यक्ष निमा लामाको घरमा गए तर त्यहाँ वडाध्यक्ष लामालाई नभेटेपछि फोक्सुण्डो ताल नजिकै रहेको हिमालय होटलमा रहेको जानकारी पाएपछि त्यहाँ आफू पुगेको बताए । निमालाई भेटेर पारसले आफूहरुलाई बस्न र व्यवस्थापन गर्न सहयोग पुर्याउन आग्रह गरे । अध्यक्ष लामाले बजेट नभएको भन्दै समस्य रहेको सुनाएपछि शाहीले प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीलाई फोन गरेर समस्य समाधान गर्न आग्रह गरेको सुनाए । अधिकारीले ताल नजिकै रहेको रिग्मो गाउँबाट स्वास्थ्य सेवा दिने गरी हिमालय होटलको दुइ कोठा गाउँपालिकाले भाडा तिर्ने गरी व्यवस्थापन हुने भयो ।

भाडाको एक कोठामा भान्सा र अर्कोमा स्वास्थ्य कसरी चलोस शाहीको मनले मानेन । स्वास्थ्य चौकी तीन घण्टाको दुरीमा रहेको र सबैको पाइक पर्ने ठाउँमा रहेकोले रिग्मो गाउँमा शाहीको मनले बस्न मानेन । चार घण्टा टाढाको दुरीमा रहेको ठाउँमा भारी मेहनत गरेर नयाँ भवनमा निर्माण भएको तर निर्माण व्यसासायीसँग आग्रह गर्दा पनि हस्तान्तरण गर्न नमानेपछि कार्यकारीसँग समन्वय गरेर २०७७÷०१÷०३ का दिन नयाँ भवनमा सर्ने काम गरेको शाहीले सुनाए । नयाँ भवनमा सारेपछि मात्र कर्मचारीले काम गर्ने थोरै भएपनि वातावरण निर्माण भएको शाहीले सानो खुसी साटे ।

कान्छीमाया तामाङ फाउन्डेसन मार्फत उपकरण र TASI –D  प्रोजेक्टको आर्थिक सहयोगमा ग्रामीण ठाउँमा कामगर्न सकिने अल्ट्रासाउन्ड स्वास्थ्य चौकीमा लिएर काम सुरु गर्ने वातावरण समेत तयार भयो । बिरामीलाई भर्ना गरेर निशुल्क सेवा दिन मिल्ने गरी पाँच बेड स्थापना भयो । स्वास्थ्य चौकीमा बत्ती नभएका कारण २०७८÷०३÷२८ गते आफ्नो ब्यक्तिगत खर्च गरी वैकल्पिक उर्जामा करिब ३ किलोवाट सौर्य बिद्युत उपलब्ध गराइदिन निवेदन दिएको शाहीले पीडा सुनाए । अहिले वैकल्पिक उर्जाले उक्त सौर्य बत्तीका बारेमा बुझ्दा पाइपलाइनमा रहेको अबको केही महिनामा सौर्य बत्ती हस्तान्तरण गर्ने जानकारी आएको उनले बताए । उनी करिब तीन बर्षको फोक्सुण्डो स्वास्थ्य चौकीमा रहदा शे फोक्सुण्डो गाउपालिकाको वडा न ८ र ९ पुर्ण खोप वडा घोषणा भइसकेको छ ।

उपल्लो डोल्पाका तीन स्थानीय तह मध्य फोक्सुण्डो स्वास्थ्य चौकीले मात्रै पुर्ण खोप वडा घोषणा गर्न सफल भएको छ । फोक्सुण्डो स्वास्थ्य चौकीले कोभिड भ्याक्सिन पनि पहिलो ,दोस्रो र बुस्टर डोज शत प्रतिशत लगाउनेमा पर्दछ । विगत तीन बर्षदेखि स्वास्थ्य चौकीले वर्थिङ सेवा दिदै आएको छ । साल अड्किएर समस्यामा परेकी पुग्मो र बच्चा जन्माउन नसकेकि रिग्मो गाउबाट १ जनालाई आवश्यक सहजिकरण गरी निशुल्क २ जना सुत्केरी महिलाको हवाई उद्वार गरेको छ।

आर्थिक बर्ष ७८÷७९ मा फोक्सुण्डो स्वास्थ्य चौकीले स्वास्थ्य चौकी अन्तरर्गत न्यूनतम सेवा मापदण्डमा ६८ प्रतिशत अंक सहित अपर डोल्पाको तीन वटा स्थानीय तह मध्य फोक्सुण्डो स्वास्थ्य संस्था पहिलो स्वास्थ्य संस्था भएको छ । स्वास्थ्य चौकीले दिने न्यूनतम सेवा मापदण्ड अनुसार सेवा दिने अब्बल स्वास्थ्य संस्था भित्र पर्न सफल भएको छ।

स्थानीय बासिन्दा र तापिरिचा माद्यामिक बिद्यालय परिवार ,अन्य सेवाग्राही स्वास्थ्य संस्थाले दिने सेवाप्रति सन्तुष्ट रहेको र स्वास्थ्य चौकी प्रमुख पारसबहादुर शाही आएपछि स्वास्थ चौकीले पुनर्जीवन पाएको सर्वसाधारणले बताएका छन् । उहाँ भन्दा पहिले कर्मचारी नबस्ने समस्या थियो पारस सर आएपछि त्यो समस्या हटेको सबैको प्रतिक्रिया रहेको छ ।स्वास्थ्य चौकीले थोरै जनशक्तिका वापजुत पनि तापिरिचा माध्यमिक विद्यालयमा विद्यालय स्वास्थ्य कार्यक्रम र किशोर किशोरी र सरसफाइ जस्ता कार्यक्रम पनि संचालन गर्दै आएको छ।

। तापिरिचा माध्यमिक बिद्यालय र वडा न ८ र ९ का बासिन्दा र फोक्सुण्डो ताल घुम्न आउने पर्यटकहरु लगायतका दैनिक २५–३० जना बिरामीहरुले दैनिक सेवा लिन आउछन् भने चिसो समयमा भने बस्ति तातो ठाउमा सर्ने भएकाले करिब ३ महिना खोप कार्यक्रम बाहेक ओपिडिसेवा लिनेहरु छिटफुट मात्रै आउने गर्छन् ।





error: Content is protected !!