आशामै बिते ति सपनाहरू

जहाँ मैले भेटे तिमीलाई तिमी त्यहाँ फुलै फुलमा सजिएको भान थियो । शरीरमा जवानी, आँखा भरी बैंस चढेको थियो हजारों फुलको बगैचामा ढकमक्क फुलको गुच्छा जस्तै अझभनौं पानीको गहिराईमा आफ्नै शुरमा मौलाएको कमल जस्तो । त्यतिबेला यो मनमा केही आश पनि पलाउन थालेको थियो । मनमा लाग्ने गथ्र्योे सधै यी दन्तलहरमा हाँसिरहन्छु त्यही खुसीमा बाँचिरहन्छु ।
मान्छेको जिन्दगी सबैको अगाडी सबैको प्रिय भएर बाँच्छु भनेर गहिरो सोच राखेर हरदिन संघर्ष गर्दै गए । जीवनका केही समय रमाउँदै गएबितेका संसारमा रम्न गए। जिन्दगीका हरेक सपनाहरू दिनरात थप हुँदै गए। उमेर बढ्दै गयो भएको जिन्दगी कसरी सहज तरिकाले कटाउने आशमा बितिरहे । मेरो सपनाको संसार बेग्लै थियो जसोतसो जीवनलाई सहजै बुझ्न सक्ने जति विश्वास म प्रतिथियो जिन्दगीमा एउटा मौनताको विश्वास पाएजस्तो र विश्वासको बाँकी रहेन संसारमाजिउनखोजेजस्तो आभाष भैरहन्थ्यो ।

प्रिय जिन्दगीले जबजब सफलता सँगै खुशी छर्दै गयो तबतब झन् जोस जागरले उल्लास हर्ष दिन थाल्यो । मैले खोजेको त्यही थियो जुनमलाई प्रिय जिन्दगीले दिईरहेको थियो । केवल देखावटी र बनावटी मात्रै त्यो मौलाएको फुल फेरि कहिल्यै मौलाएन, त्यो जवानी एकै चोटि हरायो सपना सपना नै रहे ती फुलका गुच्छाहरु एकाएक सुकेर माटोमा मिस्सिएर गए। मिरमिरेमा देखेका सपनाहरू निद्रा नखुल्दै हराएजो साँच्चिकै अधुरा रहे। मेरो जीवनका लागि अपुरो भए ।म अहिले पनिएक्लै हुँदा मेरो मनलाई बारम्बार सोध्ने गर्छु तिमी संगÞजिउनलाई एउटा साथी खोजि रहेको छु ।

एक पटक होइन बार बार सोधिरहेको छु तर सधै म मौनतामा बस्छु यो जिन्दगी मौनताले हर समस्याको समाधा नहुने भए म जीवनभर मौनता नै बस्न तयार रहन्थे । एकान्तमा डाको छोडी रुनमन लाग्छ । विवश र बाध्यताले जतिनै रोए कराएपनि केही समस्याको समाधान हुँदैन । त्यो कुरा जानकारी हुँदा समेत यीआँखाको आशु कहिले सुक्दैन। नाबालक सरी मेरो जिन्दगीको परीक्षामा धेरै पटक असफल भए।
अहिलेसम्म मैले बुझ्न सकेको छैन । एकचोटी सम्झिन्छु बाल्यकालमाबोकेको हलो र जुवा पढाई खर्चका लागि कालापहाड गएर बिताएका ति पलहरु आज आएर हारसँग लड्नसमेत आँट नआउने दिनआए । बाबाका फाटेका खुटा र आमाको फुटेको चोली जब सम्झिन्छु अनिमलाई वास्तविक जीवनको सम्झना आउँछ ।

म अस्वस्थ छु म साह्रै कमजोर छु भन्ने कुरा मलाई जानकारी हुँदा समेत मेरो जिन्दगीमा सँधै विभिन्न सवाल सोधिदिन्छ ।यहाँत्यही सवाल सँगै मैले देखेका ती सुगन्धितफुलहरु ओईलिएर जान्छनकी ? साह्रै चिन्ता लाग्छ। देखेका सुन्दर ति सपनाहरू कतै बिचैमा तुहिन्छन् कि?भन्ने एकातिर चिन्ता लाग्छ जब बिहानीको शुभारम्भ हुन्छ त्यतिबेलामनमा खेलेका सपनाहरु जब सूर्य अस्ताउन लाग्दा क्षितिजको बस्तिमा मलाई एक्लो र निरास पारी दिन्छ ।

मेरो जीवनले मेरो कहानीलाई कहिल्यै बुझेन हरेक घटनामा बच्चै देखी संघर्ष गर्दै मेरो यात्राका हरेक पलमा लाग्ने ठेस कहिले छुटेन । जिन्दगीको विषयमा केवल समयलाई भनौं भने समयसँग पर्खाल लगाउने यही जिन्दगी हो । नदेख्ने आँखा, नपग्लने मन र निर्दयी भावना भोगेको मेरो जिन्दगीले कहिकतै पनि मलाई स्वीकार गरेन। रंगिन सपनाहरू फिजाएर अँध्यारोतिर धकेल्नु आफैलाई गलत साबित गर्नु हो त्यो कुरा पनि थाह हुँदाहुँदै आज त्यही गल्ती दोह¥याईरहेको छु ।

यात्राको दौरानमाकतै फुल्नै नजानी ओईलीझरे, कतै फुल्नै नपाएर फक्रिए । मैले देखेका सपनाका कोपिलाहरु बिचबाटोमै झरिदिए जहिले पनि मेरा दुःख जताततै गर्जिन थाले, कहानी सुन्दै रमाउनथाले आफन्तहरु नत यो जिन्दगीले मर्नेहरुको नाउमापार्यो नतबाच्नेहरुको नाउमापायो ।

खाली एक अन्धकारको पिठ्यूँमा उज्ज्वल भविष्यको लागि उज्यालो बोक्ने आश भन्दा अरु केही एक्लै जन्मेको मान्छेले किन बाचुन्जेल अरुको साथ खोज्छ साथ नपाउँदा आफूलाई अनेकौ उपनामबाट किन चिनाउछन ।यहाँ, सायद कल्पनाको भन्दा यथार्थको जीवन जिउन एकदमै फरक भएर होला सोचेको जिन्दगी अनि भोगेको जिन्दगी फरक पनिहुन सक्छ यहाँ बाहिरबाट सोच्ने गर्छन होला मेरो जिन्दगी एकदमै खुशी छ। एउटा मैन बत्तिको पीडा कति हुन्छ भन्ने कुरा । जब बत्ती बल्छ जति बेला सम्म उज्यालोको प्रकाश दिन्छ त्यो बेलासम्म सहारा लिन्छन् जब उ निभ्छ त्यसको महत्वकति हुन्छ भन्ने कुरा एक उदारण मात्रहो।

जब पवित्र जीवन सरल बुझ्नेहरु केवल दुई दिनको मोज मस्तीका लागि आफ्नो अशली रुप देखाईरहेका हुन्छन् जीवनलाई अर्थ्याउन नसक्नेहरूले मोज मस्तीमै पूरा जीवन बिताउँछन् । पीडामा पौडी खेल्ने त म जस्तै हुन् जो जीवनलाई सुन्दर बनाउनदिनरात लडे सँधै अन्धकारले घेर्छ अन्धकारमै बित्छन् कति पय दिन अनि रात।

हर दिन गलिरहेको छु जलिरहेको छु केवल मेरो जीवनको यथार्थतालाई पक्ष्याउदै जीवनको परिभाषा दिनेहरूले आ–आफ्नो मत राखे पनि वास्तवमा जीवन के हो ? अहिले सम्म मैले बुझ्न सकेको छैन। एकचोटी सम्झिन्छु बाल्य कालमा बोकेको हलो र जुवा पढाई खर्चका लागि कालापहाड गएर बिताएका ति पलहरु आज आएर हारसँग लड्न समेत आँट नआउने दिन आए। बाबाका फाटेका खुटा र आमाको फुटेको चोली जब सम्झिन्छु अनिमलाई वास्तविक जीवनको सम्झना आउँछ ।

आखिर जीवनमा के गर्न सकियो र ?कहिलेकाँही घर सम्झिँदा रुन मन लाग्छ जिन्दगी सम्झिँदा मरे जस्तो लाग्छ। सपनाहरू पुतली जस्तै छन् जो हरेक बिहानीको मिरमिरेमा उदाउँछन्। समात्न खोज्छु धेरै पर पुगिदिन्छन् ।
लेखक रेशमबहादुर खड्का भेरीमालिका दैनिकका कार्यकारी सम्पादक हुन ।





error: Content is protected !!