उपसभामुखमा उम्मेदवारी दिएकी माओवादी नेतृ न्यौपाने को प्रस्ताव बहुमतले स्वीकृत

सुर्खेत ः कर्णाली प्रदेश सभाको आज भएको उपसभामुख पदको निर्वाचनमा नेकपा ( माओवादी केन्द्र) की यसोदा न्यौपाने बिजयी भएकी छिन् ।

४० सदस्यीय प्रदेश सभा सदस्य रहेको कर्णाली प्रदेश सभामा आज भएको मत विभाजन प्रक्रियामा ३८ प्रदेशसभा सदस्यहरु सहभागि भएका थिए ।

ती प्रदेशसभा सदस्य मध्ये उनको पक्षमा २४ र विपक्षमा १४ मत खसेको हो । यो मत सँगै सभामुख नन्दा गुरुङको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेकी हुन । उनि निर्वाचित हुनका लागि प्रदेशसभा सदस्य संख्याको बहुमत अर्थात २१ मत चाहिन्थ्यो ।





error: Content is protected !!