बिर्मितले समेत पाउँदैनन, औषधि ः न विद्युत , न त प्रभावकारी सेवा नै ?

जाजरकोट /  स्वास्थ्य सेवा कार्यालयमा आउने अधिकांश विरामीहरु औषधि नपाएको गुनासो गरेका छन् । चिकित्सकले जाँच गरेर पुर्जीमा औषधि नाम लेखि फार्मेसीमा जान सल्लाह दिने गरेपनि बिरामीले औषधि नपाउदा हैरान भएर फर्कने गरेको बताएका हुन् ।
विगत महिना दिन देखि बिरामीले फार्मेसीबाट औषधि नपाएको गुनासो गर्दै आएका छन् । फार्मेसीमा औषधिका लागि पुर्जी लिएर बिरामीका आफन्तहरु आउँछन , तर यहाँ औषधि नपाएपछि गाली मात्र खानु परेको फार्मेसीमा काम गर्ने स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य बिमा गरेका बिरामीहरु घरबाट पैसा बोकेर नआउने भएकाले फार्मेसीमा औषधि नपाउदा झगडा गर्न बसेझैँ हुने गरेको स्वास्थ्यकर्मीको पीडा सुनाए । बिरामीले औषधि नपाउदा एकातीर दुख लागेको हुन्छ भने अर्को तीर गालीको बर्षा लगाउदा मन भारी हुने गरेको स्वास्थ्यकर्मीले बताए । आफूले मागेको औषधि नपाएर बाहिर मेडिकल गएर बाहिर रकम खर्च गरेको भेरी नगरपालिका –१ की तली कामीले बताउनुभयो ।

सामान्य ग्यास्ट्रिकको औषधि समेत नपाएको उनले बताइन् । फार्मेसीमा गएर त्यहाँ रहेका लालबहादुर बस्नेतसँग औषधि माग्दा उनले औषधि छैन भनेर रित्तो हात फर्काए । डाक्टरले छिटो औषधि ल्याउ भन्ने तर फार्मेसीमा औषधि नाँइ भन्ने अब के गर्नु ? विकले भनिन । त्यस्तै त्यस्तै भेरी नगरपालिका–३ का चन्द्रबहादुर बुढाले पनि फार्मेसीबाट औषधि नपाएको बताउनुभयो । नामको मात्र फार्मेसी भएपछि के गर्नु , औषधि भरी बाहिरबाट किनेर ल्याउनु पर्ने बाध्यता छ बुढाले भन्नुभयो ।

सदरमुकाम भन्दा बाहिरका पालिकाबाट सेवा लिन आएका बिरामीलाई समस्य पर्ने गरेको छ ।  उत्ता स्वास्थ्य सेवा कार्यालयले भने अनविज्ञता व्यक्त गरे ।


पाँच दिन देखि स्वास्थ्यमा विद्युत सेवा बन्द
स्वास्थ्य सेवा कार्यालय , जाजरकोटमा पाँच दिन देखि विद्युत सेवा अवरुद्ध हुँदा समस्य हुँदै आएको छ । ओपिडी , अप्रेशन , एक्सरे सेवा देखि ल्याप सम्माका सबै सेवाहरु विद्युत नहुँदा ठप्प भएका छन् । जेनेरेटर सञ्चालन गरेर सबै उपकरण सञ्चालन गर्दा महंगो पर्ने भएकाले दैनिक अस्पतालमा काम गर्न मुस्किल भएको हो ।

विद्युत प्राद्यिकरणले टान्सर्फमर जडान गरेपनि वाइरिङ नगर्दा समस्य उत्पन्न भएको नेपाल विद्युत प्राद्यिकरणका प्रमुख अविशेकराज कलुवारले बताउनुभयो । स्वास्थ्य सेवा कार्यालयले प्राद्यिकरणलाई २ लाख रकम तिर्न समेत बाँकी रहेको छ । स्वास्थ्यको चरम लपरबाहीका कारण पटक पटक समस्य हुँदै आएको प्राद्यिकरणले बताएको छ ।

१७ लाख रकम खर्चेर अस्पतालमा काम गरेपनि स्वास्थ्यले आफैले केही पनि काम नगर्दा विद्युतमा समस्य हुँदै बताएको छ । विद्युतका सामग्री आउदै गरेको प्रतिक्रिया स्वास्थ्यका कार्यालय प्रमुख नवराज कडेलले बताउनुभयो । ५० शश्याको अस्पतालमा सबै सेवा ठप्प भएपनि सरोकारवाला निकाय गैरजिम्मेवारी बनेको बिरामीको भनाई छ ।





error: Content is protected !!