मुगु सदरमुकाममा निर्माण भयो बसपार्क

मुगु /  मुगुको सदरमुकाममा गमगढीमा बसपार्क निर्माण गरिएको छ । नगरपालिका र स्थानीयबासीको सहयोगमा उक्त बसपार्क सञ्चालनमा आएको हो ।
झण्डै १ करोड ५० लाख बराबरको लागतमा उक्त बसपार्क निर्माण भएको छायाँनाथ रारा नगरपालिकाले बताएको छ । वसपार्क निर्माण भएसँगै यहाँ सडकमा जथाभावि रोकिदै आएका यातायातका साधनहरु वसपार्कमा लिएर व्यवस्थापन गर्न थालिएको छ ।
छायानाथ रारा नगरपालिका नगरप्रमुख विष्णुकुमार भामले वसपार्कलाई व्यवस्थित गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जथाभावी यातायात साधनहरु पार्किङ गर्ने कार्य समेत रोकिएको छ ।
बजार क्षेत्रमा हुने गरेको सवारी दुर्घटना न्यूनिकरण हुने अपेक्षा समेत लिइएको नगरप्रमुख भामले बताउनुभयो ।





error: Content is protected !!