भेरी करिडोरको विस्तृत अध्ययन गर्न सडक डिभिजनको टोली उपल्लो डोल्पामा

हेमन्त केसी
जाजरकोट / भेरी करिडोर भित्र रहेको जाजरकोट दुनै ,मरिम तिन्जे धो ,लासीक्याप सडक खण्डको काममा गुणस्तर तथा अध्ययनका लागि सडक डिभिजनको टोली अध्ययनमा खटिएको छ ।

निर्माणधिण सडकमा हुन सक्ने कमी , कम्जोरी तथा गुनासा सुन्न र निर्माण कार्य बाँकी रहेको सडकको विस्तृत अध्ययनका लागि डिभिजन प्रमुख आशुतोष कर्णकर्ण सहितको टोली स्थलगत अनुगमणमा उपल्लो डोल्पा पुगेको हो ।

११८ किलामिटर जाजरकोटबाट दुनै सम्मा सडक भेरी करिडोर भित्र पर्दछ । मोरिम्ला नाकादेखि धो सम्मको ६५ किलोमिटर सडक रहेको छ । मोरिम्ला नाकादेखि धोसम्मको ६५ किलोमिटर सडक निर्माणको ट्याक ओपनको काम भइसकेको छ । दुनै–ल्यासिक्याप २० किलोमिटर सडक रहेको छ । डोल्पाको सदरमुकाम दुनैबाट–ल्यासीक्याप सडकखण्डको निर्माण कार्य समेत सडक डिभिजन चौरजहारी मार्फत नै भइरहेको छ । सडक डिभिजनको टोलीले १४८ किलोमिटर सडकको अध्ययन यो पटक गरेको प्रमुख कर्णले जानकारी दिए ।

दुनै लासीक्याप सडक खण्डमा कामको सम्झौता गरेपनि १० महिना देखि निर्माण व्यवसायीले काम नगरेको भन्दै आलोचना भएपछि सडक डिभिजनको टोली उपल्लो डोल्पा पुग्नु अर्को उदेश्य रहेको थियो । २०७८ चैतमा सूर्या श्रेया शान्तिदेबी जेभी निर्माण कम्पनीसँग सम्झौता भएको थियो । यस आयोजनाको कुल लागत १३ करोड ४१ लाख भएको कार्यालयले जनाएको छ। दुनै–ल्यासीक्याप सडकखण्ड काइके गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका हुँदै चीनसँगको सीमामा पर्ने मोरिम्ला नाका पुग्न सकिन्छ।


अहिले जाजरकोटको भेरी नगरपालिका –४ पासागाडबाट नलगाड नगरपालिका–१२ को तल्लु सम्मा सडक स्तरोन्नती ( पिच) को लागि ठेक्का भएर यति बिल्ड्रसले काम गरिरहेको छ । यो त्रिदेशीय सडक समेत रहेको छ । कर्णाली प्रदेशको हुँदै लम्बिनी प्रदेशको नेपालगन्ज जमुनाह नाँका समेत जोड्ने गर्दछ । भेरी करिडोर निर्माण भएमा भारतको रोपैडियाबाट चिनको तिब्बतसँग यसको सिधा सडक जोडिने छ ।

जाजरकोट देखि दुनै सम्मा अस्थायी ट्याक नेपाली सेनाले सडक निर्माण गरेको हो अहिले स्तरोन्नतीको काम सडक डिभिजन चौरजहारीले गरीरहेको छ । रणनीतिक सडक भएकाले कामलाई गती दिन अनुगमणको पाटोलाई कडाइका साथ लिइएको सडक डिभिजन चौरजहारीका प्रमुख आँसुतोष कर्णले बताए ।

चौरजहारीबाट दुनै सम्मा कार्यालयको गाडीमा पुगेको कर्णको टोलीले माथिल्लो डोल्पामा पैदल यात्रा गरेर सडकको अवस्था र कामको प्रगती हेर्न लागेको हो । त्यस्तै भेरी करिडोरमा निर्माणधिण सडकको समेत अनुगमण गरिएको छ । सर्बाधिक समस्यको रुपमा रहेको दुनै देखि लासिक्याप सम्माको सडक निर्माणमा समस्य हुने गरेको छ । हिउँद याममा अत्यधिक चिसोका कारण काम गर्न मुस्किल हुँने गर्दछ । वर्षायाममा सडक खन्नका लागि निर्माण सामग्री देखि डोजर , स्काभेटर लिन समस्य हुने गर्दछ । हिउँद याममा उपल्लो डोल्पाका अधिकांश सर्वसाधारणहरु गाउँ छोड्ने र तातोको खोजीमा बेशी झर्ने चलन रहदै आएको छ । विकास निर्माणमा खेलाची गरेको भन्दै काइके गाउँपालिकाले एक विज्ञप्ति निकाल्दै खवरदारी समेत गरेको थियो । गाउँपालिकाका अध्यक्ष अंकद रानाले तत्काल काम गर्न यदी नगर्ने भए ठाउँ खाली छोडन समेत आग्रह गरेका थिए । उपल्लो डोल्पामा सडक निर्माण नहुँदा घोडा , खच्चडकै भरमा दैनिक कामहरु हुँदै आएका छन् ।
सदरमुकाम दुनैबाट घोडा, खच्चड र चौँरीबाट नै खाद्यान्न देखि निर्माण सामग्री सम्मा लिने गरिन्छ । उपल्लो डोल्पामा योजना अनुगमण तथा निरीक्षणमा जानका लागि समेत भारी खर्च हुने गरेको शे फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्मा न्यौपानेले बताए ।

सडक नै विकासको पहिलो आधार भएकाले सडक निर्माणको गतीलाई व्यापक बनाउनका लागि आफू फिल्ड भिजिटमा लागेको डिभिजन प्रमुख कर्णले बताए । उनले भने ,‘ डोल्पामा निर्माण हुन लागेका ठुला विद्युत आयोजना देखि यहाँको सर्वसाधारणको जीवन स्तर सुधार्न समेत सडक आवश्यक रहेको छ । दुनैबाट उपल्लो डोल्पामा जान र आउन मात्र धेरै समय लाग्ने भएकाले काम गर्न मुस्किल हुँदै आएको छ । हामी सडक निर्माण , पुल निर्माणको कामलाई जोड दिएका छौँ ।’
काम नगर्ने निर्माण व्यवसायीलाइ खवरदारी आवश्यक रहेको समेत उनले बताए । डोल्पामा गएर सरोकारवाला निकायसँग छलफल समेत गरिएको उनले बताए । सडक अनुगमणमा जाँदा तीन दिन त कसैसँग पनि सम्पर्क गर्न नपाएको उनले बताए ।

२५ पुल निर्माण गर्न बाँकी
भेरी करिडोर निर्माण गर्नका लागि राज्यले अझैँ भारी लगानी गर्नुपर्ने डिभिजन प्रमुख आशुतोषकाे भनाई छ । जाजरकोट सदरमुकामबाट उपल्लो डोल्पाको धो सम्मा मात्र नयाँ २५ पुल निर्माण गर्नुपर्ने उनले बताए । अहिले सम्मा सडकको मात्र लागत आएको तर पुलको लागत नआएका कारण खर्च धेरै बढ्न सक्ने बताएको छ ।

जाजरकोटबाट उपल्लो डोल्पाको धो सम्मा १४८ किलोमिटर यात्रा गरेर स्थलगत रुपमा अध्ययन गरेको समेत उनको भनाई छ ।जाजरकोट सदरमुकाम , दुनै लासीक्याम सिस्यौल र धो सम्माको सडकको विस्तृत योजना समेत बनाउने आफ्नो लक्ष्य रहेको उनको भनाई छ । जाजरकोट रिम्ना र नलगाड नगरपालिका–१२ तल्लु सम्मा कालोपत्रेको ठेक्का भइसकेको छ ।
तल्लुबाट दुनै सम्मा पिच गर्नको लागि पत्र आएको र अर्थको सहमति आउन बित्तिकै ठेक्का लाग्ने उनको भनाइ छ । अहिलेको स्थलगत अनुगमण त्यही कालोपत्रे गर्नका लागि अध्ययनको काम समेत रहेको उनले बताए ।





error: Content is protected !!