डोल्पा अस्पताल ः दुर्गम सेवा डाक्टरको कथा

डा. अखण्ड उपाध्याय

पुस ४ गते अर्थात यस डोल्पा जिल्ला अस्पतालको वार्षिक उत्सब, यस वर्ष विविध कारणबस औपचारिक रुपमा केहि कार्यक्रम हरु नभएतापनि गएको आर्थिक वर्ष र यस साउन बाट मंसिर सम्म यस अस्पतालले दिएका सेवा हरुको बारेमा सानो जानकारि दिन गईरहेका छौँ ।

कुनै समय १ जना डाक्टर अनि थोरै संख्यामा र्नसिंग स्टाफ र पारामेडिक्स बाट सञ्चालन हुदै आईरहेको जिल्ला अस्पताल डोल्पाले विभिन्न उतार चढाब सहदै हाल २४ घण्टा सातै दिन एम.बि.बि.एस डाक्टर अनि एक जना गाईनोकोलोजिष्ट र अन्य नर्सिंग स्टाफ र पारामेडिक्स बाट जनतालाई सेवा दिदै आईरहेको कुरा सर्वविदितै छ । १५ शैयाको रुपमा सञ्चालन हुने अस्पतालमा समयक्रम र घटनाक्रम अनुसार सिमित स्रोत साधनको भरपुर उपयोग गर्दै २५ शैया सम्ममा बिरामि राखेर उपचार सेवा दिदै आएको कुरा पनि जानकारि गराउन चाहान्छौ ।

भवन तथा उपकरण को अभावमा पनि तोकिएको शैया भन्दा बढि लाई सेवा दिदाँ पनि यस अस्पतालका स्वास्थ्यकर्मि देखि अन्य कर्मचारि हामि सबैले उच्च मनोबलका साथ डोल्पालि जनतालाई यस अस्पताल बाट उपलब्ध गराउन सक्ने सम्पुर्ण सेवा दिदै आईरहेको छौँ र आजको दिन सम्म पनि यस अस्पतालका सम्पुर्ण कर्मचारि हरु बिरामिको सेवा मा कमि नहोस भनि आफुले सक्दो कार्य गर्दै आईरहेका छौँ र अब को दिनमा पनि डोल्पालि जनतालाई हरपल यस अस्पतालबाट उपलब्ध हुन सक्ने सर्वसुलभ सेवा दिन तयार छौँ ।

बाहिर समाचारमा कहिले कसो आउने औषधि अभाव को समस्या लाई हल गर्न हर सम्भव प्रयास गरि पछिल्लो केहि वर्ष देखि औषधिको चरम अभाव लाई चिर्दै हाल नेपाल सरकारले निशुल्क दिने औषधि उपलब्ध गराउदै आईरहेका छौँ तै पनि बेला बेला मा औषधि ढुवानि गर्न जिम्मा लगेका कम्पनि अनि हवाईजहाजको अनियमितताले केहि दिन आपुर्ति गर्न नसके पनि जनताले निशुल्क पाउने औषधिमा कमि भएको छैन । ल्याब सेवा बाट पनि यस जिल्ला अस्पतालमा हाल उपलब्ध सेवा लाई अझ प्रभावकारि बनाउन निकट भविष्यमै थाईरोइड को जाँच, कलेजो तथा किड्नीको जाँच पनि गर्ने व्यवस्था गर्दै छौँ, प्रदेश सरकार बाट आवश्यक सामाग्रीको उपलब्धता भईसकेको अवश्थामा ठाँउ अभावका कारण सञ्चालनमा ल्याउन कठिनाई भए पनि अब चाढै उचित ठाँउ को व्यवस्थापन गरि ल्याब सेवा विस्तार गर्नगईरहेको छौँ ।

केहि समय देखि बन्द भएको आँखा को सेवा पनि पुन सञ्चालन गरि जिल्ला अस्पतालमै पहिलो पटक चश्मा बनाउने सेवा पनि विस्तार आजकै मिति बाट गर्दै छौँ । यसभन्दा पहिले आखाँको पावर कम भएर चश्मा बनाउन नेपालगंज सुर्खेत काठमाण्डौँ जानु पर्ने बाध्यता लाई टार्दै सुलभ मुल्यमा जिल्लामै चश्मा बनाउने सेवा सुरु गर्न पाउदाँ हामि स्वास्थ्य सेवा कार्यालय तथा जिल्ला अस्पताल डोल्पा परिवार खुसि छौँ र यो सेवा लाई अनवरत रुपमा सञ्चालन गर्न हर सम्भव प्रयास गर्नेछौँ । त्यसतै अस्पतालमा शल्यक्रिया मार्फत हुने डेलिभेरि सेवा लाई त्यति मा सिमित नराखि यसै वर्ष जिल्ला अस्पतालमा जटिल खालका २ वटा शल्यक्रिया सफलताका साथ गयौँ, सम्पुर्ण टिम मिलेर पाठेघर च्यातिएको आमाको शल्यक्रिया र पाठेघर भन्दा बाहिर बच्चा बसि नलि फुटेर रगत बगेको आमाको अप्रेशन सफलताका साथ गरेर आमाको ज्यान जोगाउन सफ भयौँ, यो कार्यमा सहभागि भई जिल्ला अस्पतालको आज सम्मको इतिहासमा पहिलो पटक यसरि जटिल खालको शल्यिक्रिया गरि आमाको ज्यान जोगाउन सफल भयौ र भविष्यमा पनि परिआएको खण्डमा यस्ता जटिल खालको अप्रेशन गर्न अस्पताल परिवार सक्षम छ भन्ने जानकारि सबैमा दिन चाहान्छौँ । त्यसतै अक्सिजनको अभावमा दम तथा निमोनियाको बिरामि जस्लाई अक्सिजन आवश्यकता पर्छ त्यस्ता बिरामिहरुलाई प्रयाप्त मात्रामा अक्सिजनको व्यवस्था गरि जिल्लामै उपचार दिदै आईरहेका छौँ भने रिफर हुने त्यस्ता बिरामिहरुलाई सकेसम्म जिल्ला बाट उपचार प्रदान गर्दै आईरहेका छौ ।

जिल्ला अस्पताल डोल्पामा आउने सेवाग्राही हरुले पैसाकै अभावमा औषधि तथा आवश्यक जाँच नगरि घर जान बाध्य सेवाग्राहि हरुलाई सहयोग होस र त्यस्ता सेवाग्राहीलाई निशुल्क औषधि तथा आवश्यक जाँचका लागि ज्ष्mबबिथबल ँबmष्थि ज्भबतिजअबचभ उचयवभअत ग्क्ब् को आर्थिक सहयोग मा कोषको व्यवस्था गरि त्यस्ता सेवाग्राही हरुलाई एययच एभयउभि ँगलम को व्यवस्था गरि हाल सम्म २०० जना जति सेवाग्राहि हरुलाई निशुल्क औषधि तथा जाँचको सेवा दिएका छौँ भने अझै पनि थप त्यस्ता सेवाग्राहिहरुलाई उपचार दिदै आईरहेका छौँ र साथै महिला स्वास्थ्यलाई ध्यानमा राख्दै स्यानिटेरि प्याड भेण्डींग मेसिनको व्यवस्था गरि प्रति पिश १० रुपैयाका दरमा स्यानिटेरि प्याडको व्यवस्था गरेका छौ भने साथै पिउने पानिका लागि १००० लिटरको ट्यांकि को व्यवस्था निकट भविष्यमै गर्न गैरहेकाछौँ भने सफा र सुरक्षित पानिका लागि फिल्टर पनि सोहि सस्था बाट व्यवस्था गर्न गैरहेका छौँ । त्यसतै २०७९ सालको तिहारमा देउसि भैलो खेलि अस्पतालमा आउने सेवाग्राहि हरुलाई तातो चिसो पानि का लागि डिस्पेन्सर १ थान, बिरामिको लागि झुल १५ थान, तातो पानि तताउन इलेक्टिक जग, बाल्टिन र बाटाको व्यवस्था गरेका छौँ ।

साथै कर्मचारि अभावको समस्यालाई टार्नका लागि सामाजिक सेवा कार्यालय सँगको समन्वयमा २ वर्षका लागि ८ जना स्वयमंसेवक कर्मचारि हरुको व्यवस्था भएको छ भने, साथै प्रदेश सरकारबाट ४ जना स्थायि कर्मचारिको पनि व्यवस्था भएसँगै अस्पतालमा देखिदै आएको कर्मचारि अभाव केहि हद सम्म कम भएको छ । लोडसेडिंगको मारमा पर्दै आएको अस्पतालमा अन्धकारमा सेवा दिन बाध्य अस्पतालका स्वास्थ्यकर्मिहरु को समस्या लाई जिल्लाका सरोकार बाला हरुले वास्ता नगरेपनि र साथै संचार माध्यमले जोडतोडका साथ आवाज उठाईदिदाँ पनि सरोकार वाला हरुले नसुनिदिदाँ अन्धकारमा बस्न बाध्य विरामि र सेवा दिन बाध्य स्वास्थ्यकर्मि को समस्या लाई मध्यनजर गर्दै ठुलिभेरि नगरपालिकाका नयाँ मेअरको पहलमा र यसै अस्पतालमा काम गरेर जानुभएका डा. रमेशको पहलमा ६०० वाट सोलारको व्यवस्था गरि बिजुलि बालि उज्यालो प्रदान गर्न सक्षम भयौ तर अझै पनि सोलारको आवश्कता र लोडसेडिंग मुक्क्त अस्पतालको सपनामा बसिरहेका छौँ ।

साथै सरकारको सहयोगमा डोल्पा जिल्ला अस्पतालमा भवन अभाव भएपनि आमा सुत्केरी आमा कुरुवा घरको लागि हाल अस्पताल नजिकै घर भाडामा लगेर कुरुवा घर सञ्चालनमा आउन लागेको छ । जहाँ टाढा घर हुने सुत्केरी आमा हरुलाई आवश्यकता अनुसार बस्न र खानको व्यवस्था हुने छ ।

लामो समय देखि बन्द रहेको दन्त सेवा तथा फिजियोथेरापि सेवा सञ्चालनका लागि अस्पताल व्यवस्थापन समिति र स्वास्थय सेवा कार्यालय मार्फत प्रदेश सरकार सँग आवश्यक जनशक्क्तिको माग गरिएको छ र उक्त सेवा चाढै सञ्चालनका लागि प्रदेश सरकारले सहयोग गर्नेछ भन्नेमा आशाबादि छौँ ।

यति भन्दै गर्दा जिल्ला अस्पताल डोल्पामा समस्याका चाँगपनि थुप्रै छन् । भवन अभाव लाई कम गर्न नयाँ भवन बन्दै गरेको भएपनि नयाँ बन्ने भवनमा अस्पतालका लागि क्यान्टिनको व्यवस्था नभएको, इमर्जेन्सीका लागि प्रयाप्त ठाँउ नभएको र साथै पोष्टमार्टम घरको छुटै व्यवस्था नभएको हुनाले निकट भविष्यमा नयाँ भवन बने पनि ठाँउ अभाव जिल्ला अस्पताललाई हुने नै छ र पोष्टमार्टम भवन अभावमा कहाँ कसरि पोष्टमार्टम भवनको व्यवस्था गर्ने भन्ने बारे जिल्लाका सम्पुर्ण सरोकार वाला हरुले बुझिदिन र आवश्यक पहल गर्न जरुरि छ । साथै डोल्पा जस्तो जाडो हुने ठाँउमा सिमेण्टेड घर बनिरहदाँ त्यहाँ भित्र न्यानोहुने प्रविधि नराख्ने हो भने भोलिका दिनमा ठुलो भवनमा बिरामि लाई राख्दा जाडो बाट बचाउन समस्या हुने तर त्यो भन्दा पनि नवजात शिशु हरुलाई जाडो बाट बचाउन अझै समस्या हुने हुदाँ नयाँ भवन सँग सँग २४ घण्टा बिजुलिको व्यवस्था का लागि जिल्ला अस्पताल डोल्पा जिल्लाका सरोकारवाला र तिनै तहका सरकार सँग जोडदार माग आग्रह गर्दछौँ ।

सफा र सुरक्षित खानेपानि पुर्ण रुपमा आज पनि दिन सकेका छैनौ, हालपनि तिप्ला खोलाको पानि लाई ल्याएर त्यहि पानि प्रयोग गर्दै आईरहेका छौँ । जुन खोलाको पानि जाँच गर्दा खान योग्य छैन भन्ने रिपोर्ट आएपनि त्यहि पानि खान बाध्य छौँ । अझ अस्पतालवरिपरिका बासिन्दाले पनि त्यहि पानि प्रयोग गर्ने भएकालो उचित ट्याँकिं नहुदा अस्पतालमा आउने पानि बाहिर का बासिन्दा आएर लगिदिनाले समय समयमा पानिको समस्या पर्दै आईरहेको छ र त्यस समस्या लाई न्युनिकरण गर्न स्वास्थ्य सेवा कार्यालय डोल्पा र जिल्ला अस्पताल लागिपरे पनि सफल भने हुन सकेको छैन ।

अन्त्यमा थुप्रै समस्या भएपनि जिल्ला अस्पतालले सेवाग्राहीलाई सेवा दिन आफ्नो सक्दो प्रयास गरिरहेको छ साथै अस्पतालको सेवा लाई अझ विस्तार गर्न अस्पताल व्यवस्थापन समिति, स्वास्थ्य सेवा कार्यालय र अस्पतालका सम्पुर्ण कर्मचारी हरु लागि परिरहेका छौँ । र अस्पतालको सेवा लाई अझ विस्तार गर्नका लागि आवश्यक सहयोग को अपेक्षा स्थानिय तह देखि जिल्लाका साँसदहरु सँग पनि सहयोगको अपेक्षा गर्दछौँ ।

हामिलाई विश्वास गर्ने र हाम्रो कार्यलाई सदैव प्रशंसा गर्ने सम्पुर्ण डोल्पालि जनतालाई अस्पताल परिवार, व्यवस्थापन समिति र स्वास्थ्य सेवा कार्यालय हृदय देखि नै धन्यवाद दिन चाहान्छौ ।

लेखक डा उपाध्याय

चिकित्सा शाखा प्रमख

डोल्पा जिल्ला अस्पताल ।





error: Content is protected !!