जाजरकोटमा जीप दुर्घटना, ९ जनाको मृत्यु

जाजरकोट / जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ३ जेवाबाट ४ को लेवा तर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खस्दा ९ जनाको मृत्यु भएको स्थानीय रेशम खड्काले जानकारी दिनुभयो ।

तीन जना घाइते भएका छन् । मध्यपहाडी सडक खण्डमा भएको उक्त दुर्घटनामा मृतकको सनाखत नभएको बताएको छ ।





error: Content is protected !!