आजदेखि हट्दै निर्वाचन आचारसंहिता

काठमाडौं ः निर्वाचन आचारसंहिता सोमबारदेखि हट्दैछ। आयोगले आइतबार विज्ञप्ति जारी गरी सोमबारदेखि निर्वाचन आचारसंहिता लागू नरहने जानकारी दिएको हो।

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि आयोगले गत असोज १२ गतेदेखि लगाएको आचारसंहिता सोमबारदेखि नरहने भएको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ​नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायमा यसबारे जानकारी गराएको बताए।





error: Content is protected !!