पुर्वमन्त्री बस्नेतको मध्यपहाडी सडक निर्माण प्रति चासो व्यक्त

जाजरकोट ः मध्यपहाडी लोकमार्ग निर्माणमा भएको लापरबाहीका समाचार लगातार आएपछि नेकपा ( माओवादी केन्द्र) का उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले चासो ब्यक्त गर्नुभएको छ ।
उहाँले सडकको कुन , कुन ठाउँमा समस्य आएको हो , तुरुन्तै सच्याएर अगाडी बढ्न निर्देशन दिनुभएको आयोजनाले बताएको छ । जाजरकोटी जनताको सडक भएको भन्दै जनताको करबाट निर्माण गरिएको संरचनाहरु कम्जोर हुँदा भोलीको पुस्ताले सरप्ने भन्दै तुरुन्तै सच्याएर जान आग्रह गर्नुभएको आयोजनाले बताएको छ ।
यो भन्दा पहिला उहाँले मन्ता भीर निर्माणका विषयमा विशेष समय लिएर प्रतिनिधिसभाको बैठकमा बोल्नुभएको थियो । त्यस्तै अप्टिकल फाइबरका विषयमा समेत ध्यानाक्रमषण गराउनुभएको थियो ।



