त्रिवेणी भालु हुँदै जुम्ला जोड्ने सडक प्रारम्भीक वातारणीय परीक्षण (आइइ) प्रकृया स्वीकृतः


डाेल्पा , १९ मंसिर ः भेरी करिडोर भित्र पर्ने तीन जिल्लाको सिमाना रहेको त्रिबेणीबाट मुड्केचुला भालुलेक हुँदै जुम्ला जोड्ने सडक निर्माणका लागि बाटो खुलेको छ । त्रिवेणी हुँदै भालुलेक जुम्ला सडक खण्ड भित्रको १६ किलोमिटर सडकको प्रारम्भीक वातारणीय परीक्षण (आइइ) स्वीकृत भएसँगै सडक निर्माणको बाटो खुलेको हो । बाटो निर्माणका लागि बाधा खुलेसँगै जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाट जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माण गर्न समेत सहज भएको छ । भेरी करिडोरले जिल्लाको सिमानालाई छोएर जाने भएपनि मुड्केचुला गाउँपालिकाका बिभिन्न ठाउँमा सडक लिन समस्य हुँदै आएको थियो ।
जुम्लाबाट मुड्केचुलातिरका केहि गाउँवस्तीमा सडकले गति लिएको भएपनि तल्लो भागमा सडक निर्माण हुन सकेको थिएन । अब आइइको काम पुरा भएपछि तल्लो भागमा समेत सडक निर्माण कार्य सुरु भएको मुड्केचुला गाउँपालिका अध्यक्ष दत्तवहादुर शाहीको भनाइ छ । त्रिवेणी जुम्ला सडक निर्माण पछि समग्र मुड्केचुलावासीले सुविधा मात्र लिने नभइ जगदुल्ला हाइड्रो पावर निर्माणमा सहयोग पुग्ने जलविद्युत आयोजनाका प्रोजेक्ट म्यानेजर सञ्जय सापकोटाले जानकारी दिनुभयो ।
तत्कालिन जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहको संयोजकत्वमा आयोजनाका म्यानेजिङ डाइरेक्टर प्रकाश अधिकारी , सञ्जय सापकोटा , वनमन्त्री बीरबहादुर शाही , भौतिक पुर्वधार तथा सहरी विकासमन्त्री पदम रोकायको बीचमा पटक पटक छलफल भएको थियो ।
हेमन्त केसी











