विस्फोटबाट कालीकोटमा बालिकाको मुत्यु, घाइतेको हेलिकोप्टरबाट उद्धार

सुर्खेत /कालिकाेट तिलागुफा नगरपालिका–१० रानावाडामा विष्फोटक पदार्थ पड्किँदा एक बालिकाको मृत्यु भएको छ। विस्फोटबाट अन्य चारजना गम्भीर घाइते भएका छन्। जिल्लाको तिलागुफा नगरपालिका–१० की ४ वर्षीया झरना थापाको उपचारका क्रममा मृत्यु भएको प्रजिअ रामहरि शर्माले जानकारी दिए।

गृहमन्त्री बालकृष्ण खाँणले गम्भीर घाइते भएकाको उद्धार तथा उपचारमा कुनै कमी हुन नदिन गृह प्रशासनलाई निर्देशन दिएका छन्।

गृहमन्त्री खाँणको निर्देशनपछि नेपाली सेनाको हेलिकप्टर कालीकोट पुगेर घाइतेको उद्धार गरी सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए।

घटनामा सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा तथा ४ वर्षकी सरस्वती राना गम्भीर घाइते भएको स्थानीय प्रशासनले जनाएको छ।





error: Content is protected !!