हुम्लाको लिमिमा बाक्लो हिउँ, निर्वाचन सामग्री पुर्याउन कठिन (तस्बिरसहित)

नरजन तामाङ
हुम्लाको लिमिमा बाक्लो हिउँ जमेकोले यातायात सेवा ठप्प छ । नाम्खा गाउँपालिका ६ का वडाध्यक्ष पाल्जोर तामाङ हिउँ छिचोल्दै वडा कार्यालय लिमि पुगेका छन् । ५ हजार २ सय मिटर उचाइँमा रहेको न्यालु लेख पार गरि सकसपूर्ण रुपमा हिउँ छिचोल्दै उनी पैदल लिमि पुगेका हुन् । अहिले यस क्षेत्रमा तीन फिट हिउँ जमेपछि आवतजावतमा समस्या भएको नाम्खा गाउँपालिका(६ का वडाध्यक्ष तामाङले जानकारी दिए ।
गत असोज १९ गतेदेखि २४ गतेसम्म परेको हिमपातले न्यालु लेख आवतजावत बन्द भएको वडाध्यक्ष तामाङले बताए । चार जनाको टोलि हिउँ छिचोल्दै लिमि पुगेको वडाध्यक्ष तामाङको भनाई छ । सदरमुकाम सिमकोटदेखि पाँच दिनको पैदलयात्रापछि सकसका साथ लिमि पुगेको वडाध्यक्ष तामाङले नयाँ पत्रिकालाई जानकारी दिए ।
न्यालु लेखमा बाक्लो हिउँ जमेकोले अहिले यातायात सेवा अवरुद्ध छ । आगामी निर्वाचनमा खटिने कर्मचारीलाई यस क्षेत्रमा पैदल पुग्न सकस पुग्ने बताउँदै वडाध्यक्ष तामाङले भने, ुबाक्लो हिउँका कारण कर्मचारी मात्र होइन निर्वाचन सामग्री पुर्याउन पनि कठिन हुने देखिन्छ ।ु तर, यहाँ अहिलेसम्म निर्वाचन सामग्री ढुवानी सुरु भएको छैन ।
न्यालु लेखमा जमेको बाक्लो हिउँका केही तस्बिर










