बेपत्ताको खोजीमा सुरक्षाकर्मी परिचालन

जाजरकोट ः साथी जोगाउनका लागि भेरी नदीमा गएका भेरी नगरपालिका ३ का बिक्रान्त केसी आफैँ बेपत्ता भएका छन् । भेरी नदीमा पौडी खेल्दै गर्दा पानीले रोशन खड्का र बीरेन्द्र शाहीलाई बगाएपछि साथी जोगाउन गएका केसीलाई पानीले डुबाउदा आफैँ बेपत्ता भएका हुन् ।

हिजो देखि बेपत्ता भएका केसीको खोजीका लागि सशस्त्र प्रहरी , नेपाल प्रहरी लगाएतका सुरक्षा अधिकारीहरु घटना स्थलबाट खोजीमा जुटेको प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानले जानकारी दिए । तिहारको अवसरमा सदरमुकाम खलंगामा हालै भएको फुटबल प्रतियोगितामा खसी बाजी जितेका युवाहरुले मंगलबार भेरी नगरपालिका ११ मटेला स्थित भेरी नदी किनारामा वनभोजको आयोजना गरेका थिए ।

वनभोजमा गएका युवाहरु नदीमा नुहाउने क्रममा भेरी नगरपालिका ४ का २० बर्षका रोशन खड्काको मृत्यु डुबेर मृत्यु नै भैइसकेको छ ।





error: Content is protected !!