आचारसंहिता बिपरित क्रियाकलाप गरेको भन्दै शिक्षकलाई स्पष्टिकरण

जाजरकोट, ५ कात्तिक ः निर्बाचन आचारसंहिता २०७९ बिपरित काम गरेको भन्दै जिल्ला निर्बाचन कार्यालय,जाजरकोटले ६ जना शिक्षकलाई स्पष्टिकरण सोधेको छ ।
शिक्षकहरुले आफ्नो पदीय ओहदा र निर्बाचन आचारसंहिता ख्याल नगरी सामाजिक सञ्जाल मार्फत प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्बाचनमा उम्मेदबारी दिएका उम्मेदवारको तस्बिर सहित चुनाब चिन्ह सहितको पोस्टर बनाई फेसबुक मार्फत प्रचार गरेको आरोपमा स्पष्टिकरण सोधिएको निर्बाचन कार्यालयले जनाएको छ । शिक्षकहरुले जानाजान निर्बाचन आचारसंहिता उलंघन गरेकाले स्पष्टिकरण पेश गर्न पत्राचार गरिएको आचारसंहिता अनुगमण अधिकारी बीरसमशेर घर्तीले जानकारी दिनुभयो ।
स्पष्टिकरण सोधिएका शिक्षकहरुमा बारेकोट गाउँपालिका–३ स्थित दिपेन्द्र मावि मुलसामका मानबहादुर शाही , वडा ४ को गोरख आधारभुत विद्यालय मौरीभीरका मीनराज सिंह , कुशे गाउँपालिका स्थित मालिका देबी आधारभुत विद्यालयका बिलकोटमा कार्यरत शिक्षक देबबहादुर शाही , वडा २ का मान्ने ढुंगा उमावि टालेगाउँका दलसिं ओली ,नलगाड –४ स्थित ज्ञानेन्द्र प्राथमिक विद्यालयका बाउसेखोलाका शिक्षक सेतेन्द्र बोहरालाइ स्पष्टिकरण सोधिएको छ । २४ घण्टा भित्र लिखित जवाफ सहित आफै उपस्थित हुन पत्राचार गरिएको जिल्ला निर्बाचन कार्यालय ,जाजरकोटका प्रमुख नबिन कठायतले जानकारी दिनुभयो ।



